• २१ फागुन २०८२, बिहिबार

सुनसरीमा ५६ प्रतिशत मतदान

blog

सुनसरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नंम्बर २ अन्तर्गत इनरुवा नगरपालिका–५ को शारदा माबि मतदान केन्द्रमा अपांगता भएको व्यक्ति मतदान गर्नुभई फर्किनुहुँदै । तस्विर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, फागुन २१ गते । सुनसरीमा ५६ प्रतिशत मत खसेको छ । मतदानस्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले बताउनुभयो । 

कतै विहान बढी र कतै दिउँसो मात्रै मतदाताको संख्या बढेको पौडेलले जानकारी दिनुभयो । गर्मी भएकाले मध्यान्ह् कम र बिहान तथा दिउँसो तीन बजेपछि मतदाताहरु बढी मतदान गर्न आएको र दिउँसो ४ बजेसम्ममा ५६ प्रतिशत मत खसेको जानकारी दिनुभयो । 

सुनसरी जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।