शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जयकृष्ण यादव
इनरुवा, फागुन २१ गते । सुनसरीको झुम्का कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ । झुम्का कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा कैदीबन्दीले समानुपातिक तर्फ मतदान गरेका हुन् । कारागारभित्र रहेको केन्द्रमा कुल १४९ मतदाता रहेकोमा सबैले कारागार भित्रैको मतदान केन्द्रमा सहभागी थिए ।
कैदीबन्दीको सहजताका लागि कारागारभित्रै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।