• २१ फागुन २०८२, बिहिबार

दाङमा एक लाख ९६ हजार ३ मत खस्यो

blog

दाङको घोराहीमा निर्वाचन सहभागी मतदाता । तस्बिर : लिलाधर वली

घोराही समाचारदाता

घोराही, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङ जिल्लामा करिब दुई लाख मत खसेको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार दिउँसो २ः३० बजेसम्म एक लाख ९६ हजार ४१३ मत खसेको हो।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पुरुष ८९ हजार ४९९ र महिला १ लाख ६ हजार ९१४ जनाले मतदान गरेका छन् । 

उहाँका अनुसार  निर्वाचन क्षेत्र नं. १ मा ६६ हजार १८६ मत खसेको छ । यस क्षेत्रमा पुरुष ३१ हजार ७५४ र महिला ३४ हजार ४३२ जनाले मतदान गरेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा ५८ हजार ७२८ मत खसेको छ ।

यहाँ पुरुष २६ हजार ९९ र महिला ३२ हजार ६२९ जनाले मतदान गरेका छन् । निर्वाचन क्षेत्र नं। ३ मा ७१ हजार ४९९ मत खसेको छ । यस क्षेत्रमा पुरुष ३१ हजार ६४६ र महिला ३९ हजार ८५३ जनाले मतदान गरेका छन् । 

जिल्लामा चार लाख ३१ हजार ६८६ मत रहेकोे प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।