लीलाधर वली
घोराही, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ९९ हजार ५१७ पुरुष र एक लाख २२ हजार ४९५ महिला रहेका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा ४ लाख ३१ हजार ६ सय ८६ मतदातामध्ये दुई लाख २२ हजार १२ मत खसेको हो । अधिकारी कवरका अनुसार निर्वाचन क्षेत्र नं। १ मा ७२ हजार ३१० मत खसेको छ । जसमा क्षेत्रमा ३३ हजार ८८४ पुरुष र ३८ हजार ४२६ महिला मतदाताले मतदान गरेका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ६९ हजार ३३७ मत खसेको छ । जसमा ३० हजार ४९३ पुरुष र ३८ हजार ८४४ महिला मतदाताले मतदान गरेका छन् । निर्वाचन क्षेत्र नं ३ मा सबैभन्दा बढी ८० हजार ३६५ मत खसेको छ । जसमा क्षेत्रमा ३५ हजार १४० पुरुष र ४५ हजार २२५ महिला मतदाताले मतदान गरेका छन् ।
दाङको निर्वाचन क्षेत्र नं १ मा एक लाख ४० हजार एक जना, निर्वाचन क्षेत्र न। २ मा एक लाख ४० हजार नौ सय ६५ जना र निर्वाचन क्षेत्र नंं ३ मा एक लाख ५० हजार सात सय २० जना मतदाता रहेका छन् ।