राज्यको कोषद्वारा सिर्जित पुरस्कार खान्की, वृत्ति तथा प्रसाद होइनन् तर पुरस्कारलाई सिखर्नी वा त्यस्तै हात थापेर खाने तर नअघाउने पदार्थ बनाइएको छ । एउटाले दुई हात थाप्ने अर्कोले
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प छ ।
विकासको लहराले भुइँलाई पनि छुनुपर्छ परिश्रमको सुगन्धले दरिद्रता धुनुपर्छ
नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) परिच्छेद ४ को दफा २४ बमोजिम ६१ सदस्यीय ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेका हुन् ।
नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पार्टीभित्र मात्र नभई अन्य राजनीतिक भूमिकामा पनि स्पष्ट वक्ता, दूरदर्शी एवं विकासप्रेमी नेताका रूपमा चिनिनुहुन्छ ।
भारतको बालाजी ट्रस्टले जानकी मन्दिर दर्शनका लागि आउने तीर्थयात्री बस्न बनाएको जनकपुरधामस्थित तिरुमाला तिरुपति देवस्थानम् यात्री निवास (धर्मशाला) होटलमा परिणत हुँदा तीर्थालु भक्तजनले सास्ती भोग्नु परेको छ ।
बाँझी भएर पनि आमा ममता उमार्न कहाँ छाडेकी छन् र ? हेर पृथ्वी गर्भिणी छिन्
संविधान दिवस नेपाली जनताको साझा दिवस भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताउनुभयो । ‘यो एउटा जाति विशेषको दिवस होइन, यो एउटा भूगोल विशेषको दिवस नभएर आम नेपालीको साझा दिवस भएको बताउनुभयो ।
कर्णाली प्रदेशका ७९ पालिकामध्ये नौ वटा पालिका केन्द्र सडक पहुँचमा छैनन् । राष्ट्रिय राजमार्गबाट १७४ किलोमिटर ट्र्याक खोल्ने हो भने नौ वटा पालिकाले सडक पहुँच प्राप्त गर्ने छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेशमा स्थानीय, क्षेत्रीय र प्रदेशस्तरीय गरी दुई हजार ४२४.११ किलोमिटर कच्ची सडक रहेको छ । सोमध्ये २१६.२८ किलोमिटर नालासहित सडक स्तरोन्नति गरिएको छ । प्रदेशका १० जिल्लामा ४३४.०१ किलोमिटर सडक ग्राभेल र ७८.९ किलोमिटर कालोपत्रे गरिएको छ । ५७ वटा पालिका केन्द्रका सडक कालोपत्रे गर्न बाँकी छ । कम्तीमा पनि ७७१ किलोमिटर सडकको स्तरोन्नति गरिहाल्नुपर्ने अवस्थामा रहेको बताइन्छ । डोल्पा जिल्लाका पाँच, कालीकोटका तीन र मुगु जिल्लाको एउटा पालिकामा सडक पुगेको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार डोल्पाका मुड्केज्युला, काइके, छार्कातोङसोङ, से फोक्सुन्डो र डोल्पो बुद्ध गाउँपालिकामा सडक पहुँच पुगेको छैन ।
उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
आर्थिक वर्ष २०७९/८० मा बाँके जिल्ला अदालतमा तीन हजार ७८९ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आव २०७८/७९ बाट तीन हजार १५६ वटा मुद्दा जिम्मेवारीमा आएका थिए । गत आवमा कुल छ हजार ९४५ मुद्दामध्ये तीन हजार ७१५ वटा मुद्दाको टुङ्गो लागेको छ । तीन हजार २३० वटा मुद्दाको जिम्मेवारी चालु आवका लागि सरेको अदालतको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ । अदालतमा विशेष गरी पारिवारिक विवाद अन्तर्गत सम्बन्धविच्छेद, अंशबन्डा, खाना खर्चसम्बन्धीका मुद्दा वार्षिक रूपमा बढी दर्ता हुने गरेको बाँके जिल्ला अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिनुभयो ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान सभाबाट जारी नेपालको संविधानले नेपालको समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको बताउनुभएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्डको निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्यो। तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले काम गरिसकेको छैन । यसले गर्दा पश्चिमबाट पूर्वतर्फ आउने र जाने यात्रुले निकै कष्ट बेहोर्नु परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
संविधान यस्तो लिपि जहाँ जनताले आफूहरूले इच्छाएको सामूहिक नियतिलाई अक्षरमा कोर्दछन् । उनीहरूले आफू को हुन्, के बन्न चाहन्छन् र त्यो बाटोमा हिँड्दा वा अन्तर्क्रिया गर्दा उनीहरूलाई दिशानिर्देश गर्ने सिद्धान्तहरू उल्लेख गर्दछन् ।