त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पस रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो ।
बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छभने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संयुक्त बैठक बस्न लागेको जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।
सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन ।
दक्षिण कोरियामा मुख्य कार्यालय सञ्चालन गरी विश्व शान्तिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दैआएको गैरसरकारी संस्था हेवेनली कल्चर, वल्र्डपिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले नेपालमा शाखा विस्तार गरी शान्तिको क्षेत्रमा सचेतना जगाउने कार्यक्रम गर्नेभएको छ ।
वामपन्थी एकताका लागि दबाब दिन राष्ट्रका लागि सङ्गीत अभियात्रा धनगढीबाट सुरु भएको छ ।
हिमाली देवता शिव, शङ्करसित सम्बन्धित शास्त्र, सिद्धान्त, विचार, व्याख्या, विश्लेषण तथा चिन्तन प्रवाहलाई शैव मत भनिन्छ । खासगरी यस चिन्तन प्रवाहमा धर्म र दर्शन दुई धार रहेका छ
मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
गुल्मीको तम्घासमा कोभिड–१९ को महामारी पछि कौसी खेतीमा आकर्षण बढेको छ । कोभिड–१९ को महामारी पछि आफ्नै घरको छतमा कौसी खेती गरी तरकारी उत्पादन तर्फ स्थानीयहरू आकर्षित देखिएका छन् । कौसी खेतीको प्रवर्द्धनका लागि नगरपालिकाले समेत प्रोत्साहन गरेको छ ।