गायक ईश्वर मगियाको आधुनिक गीत ‘मन भित्र’ बजारमा आएको छ । गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।
सकारलाई विश्वासको मत दिने विषयमा सत्ता गठबन्धनका १० दल सहमत भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न प्राविधिक शिक्षालाई अनिवार्य बनाउनुपर्नेमा सरोकारवालाले सुझाव दिएका छन् ।
स्थानीय सरकारले सेवामार्फत नागरिकको मन जित्न नसकिरहेको आरोप लागिरहेका बेला जिल्लाका केही स्थानीय सरकारले नागरिकको मन जित्ने प्रयास गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुग्नु भएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २-१ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा आर्मीले पुनरागमन जित निकालेको हो ।
धनुषाको बडहरी खोलामा २४ वर्षीय ट्याक्टर चालक पवन महतोमाथि धारिलो हतियार (छुरा) प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जलवायुजन्य नोक्सानीका विषयलाई संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा प्रभावकारी रूपमा उठाउन सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्नेमा विज्ञले सुझाव दिएका छन्।
इलाम नगरपालिकाले आफ्नो दशौं कार्यपालिका बैठकबाट बढाएको खानेपानीको महसुल शनिबार फिर्ता लिएको छ ।
गोरखाको पालुङ्टारमा आयोजना गरिएको लिगलिगे साइकल दौडको उपाधि हिमाल टमटाले जित्नुभएको छ ।
सङ्गीतकार दीपक शर्माको शब्द र सङ्गीतमा तयार भएको गीत ‘डाँडै पिपल’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताउनुभएको छ।
प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। शनिबार सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।