कसैको पनि संविधानप्रदत्त अधिकार हनन गरिनु दण्डनीय मानिन्छ । नेपालको संविधानले कुनै पनि बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक, मानसिक वा अन्य कुनै पनि प्रकारको यातना दिन वर्जित गरेको छ । यस दृष्टिकोणबाट बालबालिकालाई दिइने कुनै पनि किसिमका यातना निन्दनीय एवं दण्डनीय हुन् ।
नेपालको वर्तमान संविधानले मुलुकमा सङ्घीय लोकतान्त्रिक प्रणाली अख्तियार गरेको छ । जसअनुसार, सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तमा आधारित भई सङ्घ, प्रदेश र स्थानीय सरकारहरू सञ्चालनमा छन् । संविधानको अनुसूची ५ ले सङ्घ सरकारलाई, अनुसूची ६ ले प्रदेश सरकारलाई र अनुसूची ८ ले स्थानीय सरकारलाई एकल अधिकार दिएको छ । जसअनुसार संविधानको अनुसूची ८ मा वर्णित स्थानीय सरकारका २२ वटा एकल अधिकारको चर्चा यस आलेखमा गरिनेछ ।
नेपालका उमेश राईले मालदिभ्समा जारीे ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । राईले ८० केजी तौलमा रजत पदक जितेको नेपाली टोलीका ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।
नेपाल प्राकृतिक रूपले अनुपम र अद्वितीय सौन्दर्यले भरिपूर्ण देश हो । समुद्र सतहबाट ६० मिटरको उचाइदेखि ८,८४८।८६ मिटरको उचाइमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाले नेपालको भौगोलिक विविधतालाई इङ्गित गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वको दुर्लभ देश नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधतामा समेत समृद्ध रहेको छ ।
बीपी कोइराला नेपाली राजनीतिमा अग्लो कद भएको राजनीतिज्ञ हुनुहुन्थ्यो । बीपीकै समकक्षीका हिसाबले भारतमा यस्तो अग्लो कदको राजनीतिज्ञका रूपमा जवाहरलाल नेहरूलाई लिइन्छ । बीपी महात्मा गान्धीबाट प्रभावित हुनुहुन्थ्यो तर राजनीतिक जीवनमा भने नेहरूसित बढी उठबस थियो । लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानका कारण नेपालमा बीपी र भारतमा नेहरूलाई उच्च स्थानमा राख्ने गरिन्छ । राणाशासन अन्त्यको उद्घोष गर्दै २००३ सालमा भारतीय भूमिमा नै नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी कार्यवाहक स
शिक्षा ऐन, २०२८ को दफा १६ (ङ)मा सामुदायिक विद्यालयका शिक्षकको पेसागत हक हितको सम्बन्धमा कार्य गर्न एक शिक्षक महासङ्घ र सो महासङ्घको केन्द्रीय तथा जिल्लास्तरको गठन र निर्वाचनको सम्बन्धमा उल्लेख छ ।यसबाट यो स्पष्ट हुन्छ कि शिक्षक महासङ्घ सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पेसागत हकहितको सुरक्षाका लागि स्थापित एक मात्र वैधानिक संस्था हो, जसले सामूहिक रूपमा सामूहिक सौदाबाजीमार्फत उनीहरूको आपसी हितहरूको संरक्षण र संवद्र्धनको प्रत्याभूति दिन्छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १० स्थित खैराहाझोडाका किसान हरेक वर्ष आफ्नो खेतमा रोपाइँ गर्न जाँदा ज्यान जोखिममा पार्न बाध्य छन् । घर र खेतको बीचमा बग्ने त्रियुगा नदी वारपार गर्न झोलुङ्गे पुल छैन । रोपाइँको समयमा हरेक साँझ बिहान त्रियुगाको बाढी तर्नुपर्दा खैराहाका किसानको ज्यान जोखिममा पर्छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति दृढ रहेको बताउनुभएको छ । उहाँले असंलग्न परराष्ट्र नीति नै मुलुकको हितमा रहेको स्पष्ट पार्नुभयो । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित ‘नेपाल–रुस सम्बन्धः
झापामा सुपारी खेती विस्तार र प्रवद्र्धनका लागि सहयोग हुन थालेपछि सुपारीको उत्पादन बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा सुपारीको उत्पादन ९ दशमलव २० प्रतिशतले वृद्धि भएको हो । सुपारीको व्यावसायिक खेती गरिरहेका किसानले उचित मूल्य पाउन थालेसँगै सुपारी खेतीमा आकर्षण पनि बढेको हो ।
ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकको सन्देश अब राष्ट्रिय सभामा जानेछ । प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जानेछ । माथिल्लो सदनले संशोधन अस्वीकार गरेमा विधेयक संयुक्त सभामा पेस हुनेछ ।
बैतडीको पाटन बजार क्षेत्रसँगै रहेको विमानस्थल र धानखेतीको हरियाली फाँट । तस्बिर : विनोदसिंह/रासस
बाजुराको बूढीगङ्गामा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ को भौनेरामा दुई घर बनाएपछि पीडितको बिचल्ली भएको छ। गत मङ्गलबार बूढीगङ्गामा नदीमा आएको बाढीले घर बगाएपछि अहिले दुई परिवार विचल्ली भएका हुन्।
बनेपा, साउन ४ गते। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्। तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी रहेका छन्। पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजीकार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो। बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। रासस
काठमाडौं, साउन ४ गते। 'मेरी मायलु' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायक अर्जुन थापा र भिमु गुरुङको स्वर समेटिएको छ। उक्त गीतको म्युजिक भिडियोमा सुजता बस्याल, प्रेमिका शर्मा, भन्सिका शर्मा र शेरबहादुर डिसीले अभिनय गर्नुभएको छ। डीसी एक्सन मिडियाका सञ्चालकसमेत हुनुहुन्छ। भिडियोको छायांकन र सम्पादन सुशील डाँगीले गर्नुभएको हो भने निर्देशनसमेत डिसी स्वयमले गर्नुभएको छ।