प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा सोमबार आयोजित कार्यक्रमबिच उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताउनुभएको छ ।
मोबाइल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी छ लाख दुई हजार ५४८ रुपियाँ ठगी गर्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ।
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामाले डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
मकवानपुर प्रहरीले विदेशी मुद्रासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
नेपाल ओलम्पियन्स सङ्घले नेपालका विभिन्न ठाउँमा सञ्चालन गरेको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई तेस्रो वर्ल्ड ओलम्पियन्स फोरमका सहभागीले उच्च प्रशंसा गरेका छन् ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीले सोमबारदेखि अनशन तोडेका छन्।
पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्नलाई दाहसंस्कार खर्च दिने भएको छ। आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई पनि समस्या नहोस् भनेर सो पालिकाले पाँच हजार रुपियाँ दाहसंस्कार खर्च दिने भएको हो।
अर्जुन चौपारी गाउँपालिकाका स्थानीय बासिन्दाले विद्युत प्राधिकरणका स्याङ्जाबाट पाउने सबै सेवा अब पालिकाबाटै पाउने भएको छ । नेपाल विद्युत प्राधिकरण स्याङ्जाले अर्जुन चौपारी-१ मा फ्युज सेवा कार्यालय राखेसँगै सबै सेवा यतैबाटै पाउने भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताउनुभएको छ।
काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यानखण्डको मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा रहेको कलभर्ट बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको छ ।