• ३० वैशाख २०८२, मङ्गलबार

कानुन विपरीत विद्यालय बन्द नगर्न छत्रकोटको अपील

blog

फाइल तस्बिर

रमेश विश्वकर्मा 

गुल्मी, असोज ३ गते। गुल्मीको छत्रकोट गाउँपालिकाले कानुन विपरीत विद्यालय बन्द नगर्न अपील गरेको छ। 

काठमाडौंमा शिक्षक आन्दोलन भइरहेका बेला गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेद्वारा जारी अपीलमा  यस्तो भनिएको हो।

देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी विभिन्न समाचार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण जनाउँदै बालबालिकालाई पठनपाठनबाट वञ्चित गर्नु कानुन विपरित कार्य भएको उहाँले बताउनुभयो।

माग पुरा गर्ने नाममा विद्यालय बन्द गर्नु “विद्यालय शान्ति क्षेत्र” को अवधारणा विपरित हुने उल्लेख गर्दै शिक्षकका पेशागत हकहित सम्बन्धमा मागहरु राख्ने विभिन्न मार्गहरु प्रशस्त हुँदाहुँदै प्रचलित कानुन विपरित विद्यालय बन्द नगर्न उहाँले अपील गर्नुभयो।

त्यस्तै, पठनपाठन निर्वाध रुपमा संचालन गर्नका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सबै शिक्षकले सहजीकरण गर्नुपर्ने बताउनुभयो।