• ३० वैशाख २०८२, मङ्गलबार

बबई कोरिडोर निर्माणको कामलाई प्राथमिकतामा छ : मुख्यमन्त्री चौधरी

blog

जिल्लासभा उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, भदौ २९ गते । दाङको सातौँ जिल्ला सभा सुरु भएको छ । सभाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज उद्घाटन गर्नुभयो । सभामा  देउखुरी उपत्यकाको कटान र डुबान रोक्न राप्ती कोरिडोर, दाङ उपत्यकामा जमिन कटान रोक्न बबई कोरिडोर निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।  

सभामा जिल्ला समन्वयका प्रमुख नित्यानन्द शर्माले आगामी २०८०–८१ को नीति तथा कार्यक्रममा कोरिडोर निर्माणलाई प्रदेश र सङ्घीय सरकारमार्फत कार्यक्रम कार्यान्वयनका लागि आग्रह गर्नुभयो । उहाँले बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन राप्ती र बबई नदीले कटान गर्दै क्षति पुगेको खेतीयोग्य जमिन संरक्षणका लागि कोरिडोर निर्माणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनुभयो । 

सभामा प्रमुख शर्माले लमही घोराही सुरुङ मार्ग, बुटवल भालुवाङ द्रुतमार्ग, टरिगाउँ धावनमार्ग विस्तार स्तरोन्नति, बबई सरयू सभ्यताको अध्ययन अनुसन्धान गर्नुपर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । त्यस्तै, जिल्लालाई मरुभूमीकरणबाट रोक्न महाभारत पर्वतमा जलाधार संरक्षण, घोराही तुलसीपुर उपमहानगरपालिका औद्योगिक क्षेत्र निर्माणलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।