• १६ भदौ २०८१, आइतबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)का अनुसार सन् २०२२ नोभेम्बर १५ मा विश्वको जनसङ्ख्या कति पुग्ने तथ्याङ्क सार्वजनिक गरिएको छ ?

आठ अर्ब 

विश्व जनसङ्ख्या दिवस जुलाई ११ का दिन यूएनएफपीएले सो घोषणा गरेको ।

अहिले विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी रहेको जनाएको । सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो । सन् १९८९ देखि संयुक्त राष्ट्रसङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको ।

सन् २०२२ को नारा : ‘आठ अर्ब जनसङ्ख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति रहेको ।

विश्व जनसङ्ख्या कोषले जुलाई ११ मा सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस २०२२ अनुसार विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहने ।

कोषका अनुसार विश्वको जनसङ्ख्या सात–आठ अर्बसम्म पुग्न १२ वर्ष लागेको र छदेखि सात अर्ब पुग्न पनि उत्तिकै समय लागेको थियो । अहिलेको वृद्धिदरलाई हेर्दा अब अर्को एक अर्ब थपिन भने करिब साढे १४ वर्ष लाग्ने अनुमान गरिएको ।

विश्व जनसङ्ख्यामा थपिएको छ अर्बमध्ये आधा एसियाको जनसाङ्ख्यिक विस्तारको परिणाम रहेको । यसमा अफ्रिकाको दोस्रो स्थान रहेको ।

विश्व जनसङ्ख्याको तथ्याङ्क हेर्दा सातदेखि आठ अर्ब जनसङ्ख्या वृद्धिमा १० वटा देशको बढी योगदान रहेको । यो वृद्धिमा भारत, चीन र नाइजेरियाको स्थान क्रमशः पहिलो, दोस्रो र तेस्रो रहेको कोषले जनाएको ।

विश्वमा अहिले सबैभन्दा बढी चीनमा एक अर्ब ४४ करोड र दोस्रो भारतमा एक अर्ब ४० करोडको हाराहारीमा रहेको । तेस्रो अमेरिकामा ३३ करोड जनसङ्ख्या रहेको ।

सन् २०२३ मा जनसङ्ख्यामा भारतले चीनलाई उछिन्ने प्रक्षेपण रहेको ।

एसिया र अफ्रिकाले नौ अर्ब पुुगुञ्जेलसम्म जनसङ्ख्या वृद्धिको नेतृत्व गर्ने जुन सन् २०३७ रहने र सोपश्चात् भने वृद्धिदर सामान्य हुने प्रक्षेपण रहेको ।

२. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार कस–कसलाई प्रदान गरियो ?

हरिवंश आचार्य, सोमराज अभय, रमेश ढुङ्गेल र हेम पौडेल

यज्ञश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशीलगायतलाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको ।

वेञ्जु शर्मा, राम विनय, पुष्करराज भट्ट, विजय चालिसे र आरडीप्रभास चटौतलाई महाकवि देवकोटा पुरस्कार प्रदान गरिएको ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार अमरराज गिरीलाई प्रदान गरिएको ।

त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार तथा लालबहादुर विश्वकर्मा र खगेन्द्र सङ्ग्रौलालाई भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत गरिएको ।

३. नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले सार्वजनिक गरेको नेपाल कम्पिटेटिभनेस इन्डेक्स २०२२ अनुसार सात प्रदेशमा सबैभन्दा प्रतिस्पर्धी (अब्बल) रहन सफल प्रदेश कुन हो ?

बागमती प्रदेश

सो संस्थाले वि.सं. २०७९ असार २१ मा सार्वजनिक गरेको नेपालको आन्तरिक प्रतिस्पर्धात्मक क्षमतासम्बन्धी प्रतिवेदनअनुसार बागमती प्रदेश सबै सूचकमा अब्बल देखिएको ।

बृहत् आर्थिक स्थायित्व, सरकार र संस्थागत व्यवस्था, वित्तीय व्यवसाय र जनशक्ति अवस्था, जीवनको गुणस्तर र पूर्वाधार विकासजस्ता सूचकमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको ।

प्रतिवेदनले समेटेको उल्लिखित चारवटा सूचकमा मधेश, प्रदेश १, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा रहेका ।

त्यस्तै सरकार र संस्थागत व्यवस्था सूचकमा प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी र मधेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा रहेका ।

वित्तीय व्यवसाय र जनशक्ति अवस्थाअन्तर्गत गण्डकी र प्रदेश १ समान तेस्रो स्थानमा रहेका प्रतिवेदनमा यस सूचकमा दोस्रो स्थान उल्लेख नगरिएको । यसै सूचकको चौथोमा लुम्बिनी, पाँचौँमा सुदूरपश्चिम, छैटौँमा कर्णाली र सातौँमा मधेश प्रदेश रहेको ।

जीवनको गुणस्तर तथा पूर्वाधार विकास सूचकमा गण्डकी, प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कर्णाली प्रदेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा रहेका ।

एसिया कम्पिटेटिभिनेस इन्स्टिच्युटको सहकार्यमा यो पहिलो पटक तयार गरिएको प्रतिवेदन हो ।

४. कुन स्थानीय तहले ‘एक घर, एक बाँदर’ पाल्ने कार्यक्रम ल्याउने भएको छ ?

कालिञ्चोक गाउँपालिका (दोलखा)

गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आ.व. २०७९/८० को नीति तथा कार्यक्रममा यो कार्यक्रम समावेश गरी पारित गरेको ।

बाँदर निर्मूल पार्ने अन्य कुनै उपाय नभएपछि पालिकाले बाँदर पाल्ने नीति लिएको जनाइएको ।

५. विश्वकै अग्लो होटल कहाँ रहेको छ ?

साङ्घाई (चीन)

होटल सन् २०२१ जुन १९ देखि सञ्चालन भएको ।

६३२ मिटर अग्लो यस होटलकोे नाम ‘जे’ होटल रहेको ।

६. नेपाल र भारतबीच महाकाली नदीको पानी सामूहिक र बहुउपयोग गर्ने सन्धि भएको साढे दुई दशकपछि नेपालतर्फ कहिलेदेखि आउन थालेको हो ?

वि.सं. २०७९ असार १५

महाकाली सन्धिमा उल्लेख भएबमोजिम नेपालले यस अघिदेखि नै पाउने भनिएको पानी बल्ल प्राप्त भएको ।

नेपालतर्फ बनाइनुपर्ने २२ वटा शाखा नहरको निर्माण योजना कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको । महìवपूर्ण आयोजनाका रूपमा राखिएको यो योजना निर्माणमा ढिलाइ नगरी विगतमा सिँचाइ सुविधा नपाउँदा भएको क्षतिलाई कम गर्ने प्रयासमा नेपाल केन्द्रित हुनुपर्ने । २२ वटा शाखा नहरको निर्माणपछि कैलालीको मालाखेती तथा कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वाससम्म ५३ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको । 

७. जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको हत्या कहिले भएको हो ?

सन् २०२२ जुलाई ८

राजधानी टोकियोनजिकै नारा सहरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको र उपचारका क्रममा उहाँको मृत्यु भएको ।

सन् २००६ देखि २०२० सम्म दुई कार्यकाल जापानको प्रधानमन्त्री बन्नुभएका आवेले २०२० मा स्वास्थ्य समस्या देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको ।

उहाँ जापानको अर्थतन्त्रलाई माथि पु-याउने उद्देश्यले ल्याइएको नीति ‘अबेनोमिक्स’का कारण पनि लोकप्रिय बन्नुभएको थियो ।

नेपाल र जापानबीचको आधुनिक सम्बन्धको बीउ रोप्न सिन्जो आबेको महìवपूर्ण भूमिका रहेको मानिन्छ ।

नेपालसँग दौत्य सम्बन्ध गाँसेयता आवेकै पहलमा सन् २००० मा तत्कालीन प्रधानमन्त्री यासिरो मोरी नेपाल भ्रमणमा आउनुभएको ।

आवेको शासनकालमा दुई देशबीचको शैक्षिक सम्बन्ध प्रगाढ बनेको । आवेको शासनकालमा नेपालका हजारौँ विद्यार्थीले जापानमा पढ्ने र काम गर्ने अवसर पाएका । 

जापानले नेपालको पूर्वाधारका लागि सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराउने काम उहाँकै पालामा भएको ।

जापान नेपालको एक महìवपूर्ण व्यापार साझेदार हो । यसको सुरुवात पनि उहाँकै पालामा भएको थियो ।

८. विश्वकै सबैभन्दा अग्लो सगरमाथा शिखर चढ्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन कहिले भएको हो ?

वि.सं. २०७९ असार २३

उनले सन् १९७३ मे ५ मा सगरमाथा आरोहण गरेका । त्यो बेला उनको उमेर १७ वर्ष छ महिना १५ दिन रहेको थियो ।

सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर उनको नाम गिनिज बुकमा लेखिएको थियो ।

९. सन् २०२२ को विश्वकप टी–२० क्रिकेट खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?

अस्ट्रेलिया (सन् २०२२ अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म)

विश्वकप ट्रफी जुलाई ८ मा अस्ट्रेलियाको मेलवर्नमा सार्वजनिक गरिएको ।

निशान कम्पनीको पहलमा जुलाई ८ मा नै ट्रफीको विश्व भ्रमण सुरु भएको । जुन ट्रफीको विश्व भ्रमण अक्टोबर १३ मा अस्ट्रेलियाको जिलोङमा आएर सकिने ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ट्रफीको भ्रमणअन्तर्गत अगस्ट ३० र ३१ मा काठमाडौँमा प्रदर्शन गरिने जनाएको ।

ट्रफी भ्रमण चार महादेशमा १३ देशका ३५ स्थानमा पुग्ने । पुरुष टी–२० विश्वकप ट्रफी पहिलो पटक नेपाल आउने । सन् २०१९ मा एकदिवसीय विश्वकपको ट्रफी पनि नेपालमा ल्याइएको थियो ।

१०. बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री पदबाट कहिले राजीनामा दिएका हुन् ?

सन् २०२२ जुलाई ७

११. नबिल बैङ्क लिमिटेडले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरी एकीकृत कारोबार कहिलेदेखि सुरु गरेको हो ?

वि.सं. २०७९ असार २७

१२. अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा कहिले दिनुभएको हो ?

वि.सं. २०७९ असार २२

आ.व. २०७९/८० को बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि सोको छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन भएपश्चात् उनले संसदीय समितिलाई छानबिनमा सहयोग पु¥याउन भन्दै राजीनामा दिएका ।

मन्त्रालयमा करको दर हेरफेर गरिएको एवं सोसम्बन्धी सीसी टीभीको फुटेज गायब भएको भन्ने समाचार प्रकाशित भएपछि राजीनामा दिन थप दबाब बढेको थियो ।

१३. निर्माणाधीन पृथ्वीनारायण शाह सङ्ग्रहालय कहाँ रहेको छ ?

नुवाकोट

१४. आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्था कहिलेदेखि गरिएको हो ?

वि.सं. २०६३ मङ्सिर १०

(नेपाली र अङ्ग्रेजी दुवै भाषाबाट नागरिकता प्रदान गर्न सुरु : वि.सं. २०६६ मङ्सिर १)

१५. हराएको वस्तु पाएबापत दिइने पुरस्कारलाई के भनिन्छ ?

पलौनी

१६. मिस इन्डिया–२०२२ को उपाधि जित्ने सुन्दरी को हुन् ?

सिनी सेट्टी

प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्र्ट रनर्स अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेन्ड रनरअप बनेका ।

१७. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसद्वारा महानन्द साहित्य साधक सम्मान–२०२२ बाट कसलाई सम्मानित गरियो ?

कथाकार माया ठकुरी

शिक्षा एवं साहित्यको क्षेत्रमा योगदान पु¥याएका महानन्द सापकोटाको सम्मान र समकालीन वाङ्मयको सम्मानका निम्ति सन् २०१३ देखि यो पुरस्कार बर्सेनि प्रदान गरिँदै आएको ।

सम्मान राशि रु. ५० हजार रहेको ।

सर्वप्रथम यो सम्मान सन् २०१३ मा विप्लव प्रतीकलाई प्रदान गरिएको ।

१८. विश्वकै ठूलो संस्कृत–नेपाली शब्दकोश कसले निर्माण गरेका हुन् ?

स्वामी केशवानन्द गिरी

यस शब्दकोशमा संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाका शब्दको अर्थ अवगत हुने ।

शब्दकोशमा चार भाषाका गरी चार लाख शब्द समेटिएको ।

यसको वेबसाइट : ‘पलकधबmष्।अयm’ रहेको ।

१९. साउदी अरबद्वारा कतारमाथि लगाइएको नाकाबन्दी कहिलेदेखि हटाइएको हो ?

सन् २०२१ जनवरी ५

साउदी अरबमा आयोजित गल्फको अपरेसन काउन्सिल (जीसीसी)को पूर्वसन्ध्यामा सो प्रतिबन्ध हटाइएको ।

साउदीद्वारा तीन वर्षअगाडि कतारमाथि प्रतिबन्ध लगाइएको थियो ।

प्रस्तुतकर्ता : टंक के.सी.