• २९ असोज २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. सन् २०२५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को–को हुन् ? 

जोन क्लार्क (बेलायत), मिसेल एच डेभरेट (फ्रान्स) र जोन एम मार्टिनिस (अमेरिका) 

नोबेल पुरस्कार–२०२५ 


२. फिफाद्वारा २३ औँ विश्वकप फुटबल २०२६ को आधिकारिक बल कहिले सार्वजनिक गरियो ? 

सन् २०२५ अक्टोबर २

बलको नाम : ट्रिओन्डा 

‘ट्री’ भन्नाले तीन आयोजक राष्ट्र (अमेरिका, क्यानडा र मेक्सिको) र ‘ओन्डा’ भन्नाले स्पेनिस/पोर्चुगिज भाषामा ‘तरङ्ग’ हुने । यस अनुरूप पहिलो पटक तीन देशद्वारा सहआयोजित विश्वकपको सांस्कृतिक एवं भावनात्मक महìव झल्काउने । 

सन् २०२६ विश्वकपका सबै खेलमा यही बल प्रयोग हुने जनाइएको । 

विश्वकप आयोजना मिति : सन् २०२६ जुन ११ – जुलाई १९ 

सहभागी राष्ट्र : ४५ (पहिलो पटक ४५ राष्ट्रको सहभागिता, यसअघि सहभागी राष्ट्र :३२)

उद्घाटन खेल : जुन ११, मेक्सिको, अज्टेका स्टेडियम 

फाइनल खेल : जुलाई १९, अमेरिका, मेटलाइफ स्टेडियम


३. पद्मश्री साधना सम्मान २०८२ कसलाई प्रदान गरियो ? 

रमा शर्मा 

पद्म श्री गौरव पुरस्कार : प्राध्यापक अभि सुवेदी 

पद्म श्री साहित्य पुरस्कार : रमेश भुसाल (कृति : छालबाटो)

पुरस्कार राशि : जनही तीन लाख रुपियाँ 


४. विश्व बैङ्कले सन् २०२५ अक्टोबरमा सार्वजनिक गरेको ‘साउथ एसिया डेभलपमेन्ट रिपोर्ट’ अनुसार आव २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ? 

२.१ प्रतिशत 

विश्व बैङ्कले जेनजी आन्दोलनका कारण परिवर्तित राजनीतिक परिस्थितिका कारण नेपालको आर्थिक वृद्धिमा कटौती हुने जनाएको । 

यस अघि अप्रिलमा विश्व बैङ्कले ५.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । 

विश्व बैङ्कका अनुसार नेपालमा बेरोजगार दर २२.७ प्रतिशत रहेको ।

आव २०८३/८४ मा भने नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने विश्व बैङ्कले प्रक्षेपण गरेको । 

दक्षिण एसियाली राष्ट्रहरूको स्थिति (सन् २०२५)

भुटान – ७.३ प्रतिशत 

भारत – ६.५ प्रतिशत 

बङ्गलादेश – ४.८ प्रतिशत 

माल्दिभ्स – ३.९ प्रतिशत 

श्रीलङ्का – ३.५ प्रतिशत 

समग्र दक्षिण एसियाको औसत आर्थिक वृद्धिदर – ५.८ प्रतिशत 


५. एयर इन्डियाको ड्रिम लाइनर ७८७ जहाज (नयाँ दिल्लीबाट लन्डनका लागि उडेको) कहिले दुर्घटनाग्रस्त भएको हो ? 

सन् २०२५ जुन १२ (२४१ जनाको दुःखद निधन भएको, एक जना बाँच्न सफल ।)

 

६. निर्धारित समयमा दर्ताका लागि नआएसँगै फेसबुकलगायतका सामाजिक सञ्जालमाथि कहिले प्रतिबन्ध लगाइएको थियो ? 

विसं २०८२ भदौ १९ (जेनजी आन्दोलन भएसँगै भदौ २३ गते नै प्रतिबन्ध फुकुवा गरिएको ।) 


७. सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय कहिले गरेको हो ? 

विसं २०८२ असोज २३ 

भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको । 


८. सरकारले हालै कुन जिल्लालाई विपत् सङ्कटग्रस्त जिल्ला घोषणा ग¥यो ? 

इलाम (विसं २०८२ असोज २३)

इलामलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको । 


९. इजरायल र हमासबिच कहिलेदेखि लागु हुने गरी युद्धविराम सम्झौता भएको हो ? 

सन् २०२५ अक्टोबर ११ 

युद्धविराम सम्झौतामा युद्धविराम सुरु भएको ७२ घण्टाभित्र बन्धकलाई रिहा गरिने जनाइएको । 

बन्धकको सट्टा इजरायलले आफ्ना जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गर्ने ।

 

१०. बिमस्टेक बडापत्रमा कति धारा रहेका छन् ? 

३६

प्रस्तावना ल्याइएको : सन् २०१८ (चौथो सम्मेलन, नेपाल) 

बडापत्रमा हस्ताक्षर : ५ औँ सम्मेलन (सन् २०२२, श्रीलङ्का) 

नेपालको तर्फबाट बडापत्रमा हस्ताक्षर गर्ने : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा 

बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र राष्ट्रपति : श्रीलङ्काबाट गोटाबाया राजापाक्षे 

हस्ताक्षर भएको मिति : सन् २०२२ मार्च ३०

बडापत्रमा ११ वटा उद्देश्य र दुई वटा सिद्धान्त रहेका ।

अनुसूची : २ वटा (अनुसूची १ : झन्डा, अनुसूची २ : प्रतीक चिह्न)

नेपालको प्रतिनिधि सभाबाट बडापत्र अनुमोदन : २०८० चैत २० 

कार्यान्वयन मिति : सन् २०२४ मे २० 


११. अन्तर्राष्ट्रिय बेपत्ता दिवस कहिले मनाइन्छ ? 

हरेक वर्ष अगस्ट ३० 


१२. विश्व हुलाक दिवस कहिले मनाइन्छ ? 

हरेक वर्ष अक्टोबर ९ 

सन् २०२५ को नारा : नागरिकका लागि हुलाक : स्थानीय सेवा, विश्वव्यापी पहुँच ।

विश्वव्यापी रूपमा अत्यावश्यक सेवाका रूपमा रहेको हुलाक सेवाको विश्व हुलाक प्रणालीमा विश्व हुलाक सङ्घ स्थापना भएको दिन अक्टोबर ९ लाई संसारभर विश्व हुलाक दिवसका रूपमा मनाउने गरिएको ।

नेपालमा विसं १९३५ मा ‘नेपाल हुलाक घर’ स्थापना गरी औपचारिक रूपमा हुलाक सेवाको सुरुवात भएको । 

नेपालले सन् १९५६ अक्टोबर ११ (विसं २०१३ असोज २६) मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेसँगै नेपाल पनि विश्व हुलाक मञ्चको सक्रिय सदस्यका रूपमा व्रिmयाशील रहेको । 


१३. जलवायु परिवर्तन र यसको प्रभावसम्बन्धी विश्व सम्मेलन (सिसिआई–२०२५) कहिले र कहाँ सम्पन्न भएको हो ? 

विसं २०८२ भदौ २१–२३, काठमाडौँ 


१४. नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो ?

विसं २०८२ भदौ २ 


१५. क्युआर कोर्डको आविष्कार कसले गरेका हुन् ? 

मासाहिरो हारा (जापान)

आविष्कार : सन् १९९४ 

क्युआर अर्थात् क्विक रेस्पोन्स कोर्ड एउटा दुई–आयामिक म्याट्रिक्स बारकोर्ड हो । यसमा सेतो पृष्ठभूमिमा कालो वर्गाकार बक्सहरू हुन्छन्, जसले विशिष्ट ढाँचा बनाउँछ । 

क्यामेरा वा अन्य इमेजिङ उपकरणहरूले सजिलै पढ्न सक्ने गरी यसको संरचना बनाइएको हुन्छ । 

हाल यो प्रविधि मोबाइल, टिकट, उत्पादन लेबलदेखि बैङ्किङसम्मका क्षेत्रमा अनिवार्य जस्तै बनेको छ । 


१६. नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो ?

सन् २०२५ मे 


१७. कोशी प्रदेश पर्यटन वर्ष २०८२ कहिले घोषणा गरिएको हो ?

विसं २०८१ चैत २७ 


१८. हाल नेपालकी जीवित देवी श्रीकुमारी पदमा कसलाई चयन गरियो ?

आर्यतारा शाक्य (विसं २०८२ असोज १४)

नवनियुक्त जीवित देवी आर्यतारा शाक्य अब वसन्तपुरस्थित कुमारीघरमा बस्नुहुने छ । कुमारीलाई धार्मिक कार्य, पूजाआजा र राज्यका प्रमुख चाडपर्वमा विधिपूर्वक उपस्थित गराइने परम्परा छ । 

काठमाडौँ महानगरपालिका–१७ निवासी अनन्त शाक्य र प्रतिस्था शाक्यकी सुपुत्री आर्यतारा शाक्यलाई गुठी संस्थानको मिति २०८२ असोज ९ गतेको निर्णय अनुसार श्रीकुमारी मातामा नियुक्त गरिएको । 

परम्परा अनुसार कुमारी तृष्णा शाक्यको कुमारी बस्ने औसत उमेर १२ वर्ष पूरा भएकाले दसैँको महाअष्टमीका दिन कुमारीघरमा नयाँ कुमारी भित्र्याइएको । 

नेपालमा ‘कुमारी’ प्रथा एक जीवित देवीका रूपमा मानिन्छ, जसलाई ‘तलेजु भवानी’ को अवतारका रूपमा पूजा गरिन्छ । विशेष गरी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा बस्ने कुमारीलाई राजकीय कुमारी मानिन्छ । 

दसैँ, इन्द्रजात्रालगायतका महत्वपूर्ण चाडपर्वमा नवनियुक्त कुमारीको उपस्थितिलाई विशेष महìव दिइन्छ । कुमारी चयन प्रक्रिया अत्यन्तै परम्परागत मानक अनुसार हुने गर्छ । उमेर, स्वास्थ्य, पारिवारिक पृष्ठभूमि तथा विशेष शारीरिक–आध्यात्मिक लक्षणका आधारमा गुठी संस्थान र सम्बन्धित जातीय समुदायका प्रतिनिधिहरूको सहभागितामा नयाँ कुमारी चयन गरिन्छ ।


१९. विभिन्न देशमा निर्यात गर्न सकिने नेपालमा उत्पादित खाद्य वस्तुको सङ्ख्या कति रहेको छ ? 

८१४


२०. नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक कति निर्धारण गरिएको छ ?

रु. १९,५५०।– (विसं २०८२ साउन)


२१. गण्डकी प्रदेश सभाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कहिले पारित गरेको हो ?

विसं २०८२ असार २४ 


२२. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार हाल नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ? 

२८ वटा (नोक्सानमा रहेका : १५, दुई वटाको विवरण प्राप्त नभएको ।) 


२३. अध्यागमन विभागद्वारा ई–भिसा सेवाको शुभारम्भ कहिले गरियो ?

विसं २०८० माघ २६

प्रस्तुतकर्ता : टङ्क केसी