• १६ असार २०८१, आइतबार

अध्यक्ष नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

blog

नेपाल कम्युनिष्ट पार्टी (एस)का अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपिसी) विदेश विभाग प्रमुख लिउ चियान्चाओ मङ्गलबार एभरेष्ट होटल शिष्टचार भेटमा सहभागी । तस्बिर ः चन्द्रकला क्षेत्री, रास

काठमाडौं, असार २८ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चायोबीच भेटवार्ता भएको छ। मंगलबार काठमाडौंस्थित एक होटलमा उहाँहरु बीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध घनिष्ठ बनाउने विषयमा छलफल भएको अध्यक्ष नेपालले जानकारी दिनुभयो। 

भेटवार्तापछि सञ्चारकर्मीसँग बोल्नुहुँदे उहाँले भन्नुभयो, “चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउको नेतृत्वमा आएको प्रतिनिधि मण्डलमा नेपाल र चीनबीच कसरी सम्बन्ध घनिष्ठ बनाउन सकिन्छ, दुई पार्टीबीचको सम्बन्ध विस्तार बलियो बनाउन सक्दछौं भनेर पारस्परिकरुपमा सिक्नुपर्ने विषयमा छलफल भएको छ।”

छलफलमा अध्यक्ष नेपालले नेपाल एक चीन नीतिमा दृढरहेको र बाह्य हस्तक्षेपको पक्षमा नेपाल नरहेको कुरा बताइएको जानकारी दिनुभयो। “बाह्य हस्तक्षेपमा नेपाल पक्षमा छैन। चाहे तिब्बतको होस्, चाहे ताइवानको त्यो सबै आन्तरिक मामिला हो। चीनसँगको सम्बन्धमा कुनै समस्या हामीले पाएका छैंनौं”,  विगतदेखिको दुई देशबीचको सुमधुर सम्बन्धलाई अगाडि बढाउने र चियान्चाओले देशका विभिन्न राजनीतिक पार्टीसँगको सम्बन्ध बलियो बनाउन चाहनुभएको अध्यक्ष नेपालले बताउनुभयो।

‘‘कोभिड–१९ विश्वबाट मुक्त भइनसकेको अवस्थामा पनि म आइपुगें भनेर अत्यन्तै राम्रो ढंगलबाट छलफल भयो, उहाँले भन्नुभयो, “नेपालको राजनीतिको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप छैन। नेपाली भूमिलाई प्रयोग गर्ने पक्षमा छैनौं धन्ने हामीले राखेका छौं। सम्बन्धलाई बिलियो बनाएर लाने कुरामा दुइै पक्षबाट प्रतिवद्धता भयो।”

छलफलमा चिनियाँ पक्षले नेपाल र नेपालीका पार्टी एक भएर लागि परेको र एकता नै बल हो भन्ने शुभेच्छा राख्नुभएको उहाँले भन्नुभयो। चीनको सुरक्षा चासोको विषयमा नेपाल असंलग्न परराष्ट्र नीतिमा अविचलित रहेको व्यहोरा छलफलमा राखिएको अध्यक्ष नेपालले बताउनुभयो।