कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको सुनाखोलामा यात्रुलाई कहिल्यै पनि सहज भएको छैन । २०६३ सालमा कालीकोट राष्ट्रिय राजमार्गसँग जोडिएदेखि कालीकोटको सुनारखोला पहिरो बग्न नरोकिँदा बर्सेनि सास्ती खेप्दै आएका छन् ।
स्याङ्जाका गाउँ गाउँमा स्थापना गरिएका सामुदायिक विद्यालयमध्ये धेरै अहिले अस्तव्यस्त भएका छन्। विद्यार्थीको सङ्ख्या घट्न थालेपछि स्याङ्जा जिल्लामा छ दर्जन सामुदायिक विद्यालय छन्। गाउँका विद्यालय लथालिङ्ग र अस्तव्यस्त अवस्थामा पुगेका हुन्। जसले गर्दा सरकारले विद्यालयको भौतिक संरचनामा खर्चेको करोडौँ रकम खेर गएको छ।
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ ।
कर्णाली प्रदेशका आठ सय बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको खोप लगाइने भएको छ। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा १४ वर्ष उमेरका मात्र ८०१ बालिकालाई सो खोप लगाइने छ। भदौ २७ देखि ३० सम्म सो खोप लगाइने छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पाइलट कार्यक्रममार्फत कर्णाली प्रदेशका लागि हाललाई प्रादेशिक अस्पताल सुर्खेतमा सो खोप उपलब्ध गराएको छ। महाशाखाले देशका अन्य छ स्थानमा पनि सो खोप लगाउँदै छ। स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार कर्णालीमा पाठेघरको मुखको क्यान्सर लाग्ने दर
असल नेतृत्वमा इमानदारी र सत्य हुनु पर्छ । उसले साहसी र विवेकपूर्ण निर्णय गर्न सक्नु पर्छ । नेताहरू भरोसायोग्य र निष्ठावान् हुनु पर्छ । भरोसालायक नहुनेले अरूको भरोसा जित्न सक्दैनन् । चिनियाँ दार्शनिक कन्फुसियसले भनेका छन् – स्पष्ट रूपमा हेर्ने, सुन्दा विवेकी हुने, अभिव्यक्तिमा मिलनसार र इमानदार, आचरणमा सम्मानजनक हुने । रिसाउँदा नकारात्मक परिणामबारे सोच्ने, फाइदा के सही हो भन्ने विचार गर्ने । यी गुण असल मानिसका लागि आवश्यक गुण हुन्, झन् अगुवा (नेता/व्यवस्थापक) का लागि त अपरिहार्य गुण हुन् । हो, यिनै गुणवत्ता राजनीतिज्ञ, संविधान सभा अध्यक्ष एवं विधायक सुवास नेम्वाङ कीर्तिशेष हुनुभयो । परिपक्व, शालीन, समन्वयकारी भरोसायोग्य छवि बनाउनुभएका संविधान सभा अध्यक्ष नेम्वाङको निधनले समकालीन राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।
मुलुकको सरकारी संयन्त्रमा सेवाग्राहीको अत्यधिक चाप हुने कार्यालयमा यातायात व्यवस्था कार्यालय पनि एक हो । खास गरी सवारीचालक अनुमतिपत्र वितरण गर्ने कार्यालयको रूपमा भएर होला यहाँ अधिकांश नागरिक ठोक्किन पुग्छन् । नेपालको संविधानबमोजिम प्रदेश सरकारको मातहत सञ्चालन हुने यातायात व्यवस्था कार्यालयमा अनलाइन दर्ता प्रणाली लागु गरिएपश्चात् एउटै कामका लागि सेवाग्राही धेरै पटक कार्यालय धाइरहनुपर्ने समस्यामा कमी आएको छ । यद्यपि तोकिएको
नेपालमा मनसुन सकिएसँगै बिस्तारै वायुमा प्रदूषणको मात्रा बढ्दै जान्छ र वायु प्रदूषणको समस्याले आमनागरिक प्रभावित हुने गरेका छन् । नेपालमा विशेष गरेर काठमाडौँ उपत्यका र तराईका सहरमा सुक्खा याममा वायु प्रदूषणको समस्या विकराल बन्ने गरेको छ । हावामा विभिन्न ग्यास तथा कण प्राकृतिक रूपमा नै रहन्छन् तर मानव सृजित स्रोतको कारणले यस्ता तत्वको अधिक वृद्धि हुँदा वायु प्रदूषित हुने गर्छ । नेपालको सहरी क्षेत्रको सन्दर्भमा यातायातका साधन, उद्योग कलकारखाना, खुला रूपमा जलाइने फोहोर, सडक छेउ थप्रिएको धुलो तथा टाढा स्थानबाट हावासँगै बहँदै आउने धुलोको क
सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तीन जनालाई पक्राउ गरेको छ ।
विपन्न समुदायलाई लक्षित गरी बागमती प्रदेशमा लागु भएको जनता आवास कार्यक्रम कार्यान्वयन सुस्त देखिएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सङ्घीय सरकारको ससर्त यो कार्यक्रम बागमती प्रदेशको काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा लागु भएको छ। १० जिल्लामा यसअघि दुई हजार ९३ लाभग्राही छनोटमा परेका थिए। छनोटमा परेका लाभग्राहीमध्ये आर्थिक वर्ष २०७८/७९ सालसम्ममा भवन निर्माणका लागि दुई हजार २२ लाभग्राहीसँग सम्झौता भएको थियो। मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले छनोटमा परेका लाभग्राहीमध्ये ७१ लाभग्राहीबाहेक सबैसँग आवास निर्माणका लागि सम्झौता भइसकेको जानकारी दिनुभयो।
जिल्ला पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाले आफ्नो कार्य क्षेत्रमा पुगेर कार्यभार सम्हाल्नु भएको छ । कार्य क्षेत्र सर्केगार्ड गाउँपालिकामा तोकिएपछि प्रशासकीय अधिकृत लामा गाउँपालिका केन्द्र पुगेर आफ्नो कामको जिम्मा लिनु भएको हो ।
मकवानपुरको साहित्यिक गतिविधिमा क्रियाशील साहित्य सङ्गम मकवानपुरमा नयाँ नेतृत्व चयन भएको छ । साहित्य सङ्गम मकवानपुरको १६ औँ अधिवेशनले संस्थाको अध्यक्षमा डिबी बर्तौलालाई निर्वाचित गरेको हो । उहाँले ९७ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी पुरुषोत्तम आचार्यले ८१ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा सानु खनाल (१२१ मत) र सचिवमा मनोज पोखरेल (११०) विजयी बन्नुभएको छ । उपाध्यक्षका प्रतिस्पर्धी एसके निधनले ५६ र सचिवका प्रतिस्पर्धी यश लामाले ६७ मत प्राप्त गर्नुभयो ।
गीतकार लोकराज अधिकारीको रचनामा अमेरिकी गायिका ज्याकलिनले नेपाली गीत रेकर्ड गराउनुभएको छ । आइतबार रेकर्ड गरिएको गीतमा गोविन्द मधुर आचार्यको सङ्गीत रहेको छ ।
हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानमा उहाँको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । अस्पतालकी कार्यकारी निर्देशक डा. रीता गुरुङका अनुसार श्रेष्ठको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । डा. गुरुङले तीन महिनाअघि श्रेष्ठको दाहिने आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।