रुपन्देहीका उद्योगीले उद्योग व्यवसाय जोगाउन कठिन भएको बताएका छन् । विश्व आर्थिक मन्दीको प्रभाव, बैङ्कको चर्को ब्याज, स्वदेशी उद्योगलाई प्रोत्साहनको अभाव र जग्गा भाडा वृद्धि लगायतका कारण उद्योग बचाउनै चुनौती रहेको बताउनुभएको हो । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घको २१औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका कार्यवाहक अध्यक्ष एजाज आलमले अहिले उद्योगीको अनुहारमा हाँसो हराएको चर्चा गर्दै उद्योग बचाउन चुनौती रहेको बताउनुभयो । उहाँले बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योग सञ्चालनका लागि व्यवस्थापन लिमिटेडले लिने गरेको भाडा महँगो
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको दुई महिना बितिसक्दा पनि अझै प्रदेश सभाअन्तर्गत विषयगत समितिहरू दलहरूबीचको विवादले बन्न सकेका छैनन्। संसद् बैठक सुरु भएको १५ देखि २० दिनभित्रमा संसदीय समितिहरू गठन गर्ने सामान्य प्रचलन मानिन्छ। यद्यपि यो प्रदेश सभामा दलहरूबीच भागबन्डा नमिल्दा र सत्ता गठबन्धनभित्र केन्द्रमा विवाद उत्पन्न भएपछि मिनी संसद्का रूपमा रहेको समिति निर्माणमा ढिलाइ भएको हो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत साना–ठूला दलले भागबन्डाका क्रममा समितिको सङ्ख्याभन्दा बढी दाबी आएपछि पनि समिति गठनमा सहमति जुट्न सकस भएको छ।
नेपाल नेत्र ज्योति सङ्घ चितवनमार्फत सञ्चालित आँखा अस्पतालबाट एक वर्षमा १२ हजार जनाभन्दा बढीको मोती बिन्दुको शल्यक्रिया हुने गरेको छ । सङ्घद्वारा चितवन, बारा, पर्सा, नवलपरासीको कावासोतीमा सञ्चालित अस्पतालबाट सबैभन्दा धेरै मोती बिन्दुको शल्यक्रिया हुने गरेको पाइएको छ । नेपाल नेत्र ज्योति सङ्घ चितवनको शनिबार सम्पन्न २३औँ साधारण सभामा जानकारी दिएअनुसार मोती बिन्दुको शल्यक्रिया चालू आर्थिक वर्ष २०७९/८० को गत माघ महिनासम्ममा तीन हजार ७३२ जनाको उपचार भएको छ । गत वर्ष २०७८ मा तीन हजार ७२६ जनाको आँखाको उपचार भएको थियो ।
नारायणगढ–मुग्लिन सडक खण्डको रामनगरका होटलमा खाना अस्वस्थकर भएको पाइएको छ। आकस्मिक रूपमा शुक्रबार राति जिल्ला प्रशासन, खाद्य गुणस्तर कार्यालय, प्रहरी र होटल व्यवसायीको संयुक्त टोलीले अनुगमन गर्दा चर्को शुल्क तर अस्वस्थकर खाना खुवाउने गरेको पाइएको हो।
हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल कुहिएको छ । खाद्य कम्पनीको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर डिपोको गोदाममा मौज्दात गरी राखिएको चामल कुहिएपछि गाडिएको छ । सो कार्यालय नासु नवीन आचार्यले डेढ वर्षअघिदेखि डिपोको गोदाममा मौज्दात रहेको खाद्यान्न कुहिएपछि गाउँपालिका, प्रहरी चौकी र स्थानीयवासीको रोहबरमा गाडिएको जानकारी दिनुभयो ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा स्थापना भएको फस्र्ट च्वाइस फुड्स प्रालिले वैशाखदेखि उत्पादन थाल्ने तयारी सुरु गरेको छ । फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्देश्यले २०७४ सालमा यो उद्योग दर्ता भएको थियो । अहिले उद्योगको भवनलगायत अन्य संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
‘भीर माहुरी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक आरसी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा मोहन थापाको शब्द र गायक आरसीकै सङ्गीत रहेको छ ।
यौनवादी लेखिकाका रूपमा आफ्नो परिचय बनाउनुभएकी कल्पना खरेलको तेस्रो उपन्यास ‘रानीतलाउ’ नेपालगञ्जको ऐतिहासिक रानीतलाउको किनारमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । सो उपन्यासको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव कथाकार सनत रेग्मी, प्राज्ञहरू महानन्द ढकाल, शशिराम कार्की र हरिप्रसाद तिमिल्सिनाले संयुक्त रूपमा विमोचन गर्नुभयो । समालोचकहरू लेकप्रसाद प्याकुरेल र चरित्रा शाहले कृतिमा समेटिएका विषयवस्तु, लेखन शैली र उपन्यासले दिन खोजेको सन्देशमाथि चर्चा गर्नुभएको थियो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शनिबार राजधानीमा आयोजित एक समारोहमा हिरण्यकान्त उपाध्या न्यौपानेद्वारा लिखित ‘ऋग्वेदसंहिता’को विमोचन गर्नुभयो ।
सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेको छ । देशका १५ जिल्लामा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान थियो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हात्तीपाइलेको औषधि खुवाउने अवधि पाँच दिन थपिएको जानकारी दिनुभयो । उहाँले ती जिल्लामा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने बताउनुभयो ।
चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूची सार्वजनिक गरेको हो ।
गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो ।
दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो। शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोध्नुभयो, “तपाईंसँग भारु छ कि नेरु?” धामीले भारु भएको बताउनेबित्तिकै बिक्रेताले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी धामी घर फर्किनुभयो।
गाउँपालिका स्थापना दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शनिवार गृहजिल्ला गोरखाका दुई छुटाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।
रत्न राज्यलक्ष्मी क्याम्पसबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।