प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल गरिने बताउनुभएको छ ।
घोराही–१८ नवलपुर गाउँको सुन्दर बस्तीको मुनि सिस्ने खोलाको किनारमा झुल्दै गरेको गहुँखेती ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रमको आज (शनिबार) अवलोकन एवम् निरीक्षण गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाले अवैध काठ बरामद गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुभएको हो ।
चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रु २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ ।
उपराष्ट्रपति पदका लागि जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मुस्ताङको चर्चित ठाउँ मार्फामा बसोबास गर्ने थकालीहरूको महत्त्वपूर्ण पर्व ‘तेरमी’ बुधबारदेखि मुस्ताङमा चलेको छ । मुस्ताङको मार्फा क्षेत्रमा बसोबास गर्ने थकाली समुदायले यो पर्व सात दिन सम्म मनाउने गर्छन् ।
सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद प्रमीला यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताउनुभएको छ।
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कालीकोट जिल्लामा यस पालिकाको एसइई परीक्षाका लागि २१ केन्द्र निर्धारण गरिएको छ । एउटा मात्र परीक्षा केन्द्र रहेको शुभकालीका गाउँपालिकामा यसपालि एक परीक्षा केन्द्र थपेर २१ केन्द्र बनाइएको हो ।
जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।