राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजरायलका राजदूत हानान गोल्डर गोल्डबर्गरबिच शिष्टाचार भेट भएको छ।
तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टीमा नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा आँपका बोटबाहेक केही थिएनन् । सिँचाइको व्यवस्था नभएको डाँडामा अन्नबाली उत्पादन समेत हुँदैनथ्यो । इलमीको हातमा माछा भनेजस्तै त्यही सिँचाइ नहुने जमिनमा अहिले बाह्रै महिना सयपत्रीले ढकमक्क देखिन्छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार राष्ट्रिय शोक प्रकट गर्न देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कैलालीको धनगढीमा तेस्रो हार्डवेयर एक्सपो आयोजना हुनेभएको छ । हार्डवेयरको व्यापार प्रवर्धन र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हार्डवेयर एक्सपो आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जनाइएको छ ।
१६ दिनदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ ।
प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका शिक्षासेवी र संस्था सम्मानित भएका छन् ।
स्वर्गीय संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।
नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।
अवैध रूपमा नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ भेसेटारस्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाका ६० जना मानसिक बिरामीको निःशुल्क उपचार गरिएको छ । मानेभन्ज्याङ गाउँपालिका तथा मानसिक स्वास्थ्य मनोपरामर्श केन्द्र (सिएमसी) नेपालको संयुक्त आयोजनामा मानसिक रोगीहरूका लागि निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गर्नुभएको छ । मङ्गलवार काठमाडौँमा १५ औँ संस्करणको नाडा अटो सो, २०२३ उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –४ इखाबुको बिपुधाप टोलका बासिन्दालाई पाइप वितरण गरिएको छ । पानीको समस्या रहेको बिपुधाप टोलमा खानेपानी व्यवस्थाका लागि गाउँपालिकाले पाइप वितरण गरेको हो ।
गुल्मीमा पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । पेट्रोल पम्पहरूमा इन्धनको कृत्रिम अभाव सृजना गर्ने र पम्प सञ्चालकहरूले मनपरी गर्ने जस्ता गुनासो आएपछि पम्पहरूको अनुगमन गरिएको हो ।
विश्वकै साहसिक खेलको रुपमा रहेको विश्व आइरनम्यान च्याम्पियनसिपमा नेपालका विनम श्रेष्ठले भाग लिनुभएको छ । आइरनम्यान विश्व च्याम्पियनसिपमा भाग लिने विनम नेपालका पहिलो खेलाडी हुनुहुन्छ ।