• ८ मंसिर २०८१, शनिबार

विनम आइरनम्यान विश्व च्याम्पियनसिप खेल्ने पहिलो नेपाली

blog

विश्व आइरनम्यान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपालका विनम श्रेष्ठ ।

काठमाडौं, भदौ २६ गते । विश्वकै साहसिक खेलको रुपमा रहेको विश्व आइरनम्यान च्याम्पियनसिपमा नेपालका विनम श्रेष्ठले भाग लिनुभएको छ । आइरनम्यान विश्व च्याम्पियनसिपमा भाग लिने विनम नेपालका पहिलो खेलाडी हुनुहुन्छ ।

फ्रान्सको निसमा आइतबार सम्पन्न भएको च्याम्पियनसिपमा ९३ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । आइरनम्यान पौडी, साइक्लिङ र दौड सम्मिलित ट्रायथलन प्रतियोगिता हो ।

यस च्याम्पियनसिपमा ३.९ किमी पौडी, १८०.२ किमी साइक्लिङ र ४२.२ किमी दौड समावेश गरिएको थियो । खेलाडीलाई यस प्रतियोगिता सम्पन्न गर्न १७ घण्टाभन्दा बढी समय लाग्दछ ।