• ५ जेठ २०८१, शनिबार

उत्कृष्ट ग्राहक सेवाका लागि नेपाल बैङ्कमा अत्याधुनिक कल सेन्टर

blog

कल सेन्टर सेवा सञ्चालनको लागि सम्झौता गरिँदै ।

काठमाडौं, भदौ २६ गते । नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस सम्झौताले नेपाल बैङ्क लिमिटेडका ग्राहक वर्गका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा साबित हुने बैङ्कले विश्वास लिएको छ । 

यस कार्यप्रति नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले खुसी व्यक्त गर्नुहुँदै कल सेन्टरले बैङ्क र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउने बताउनुभयो । उहाँले यस कार्यले बैङ्क र ग्राहकसँगको सम्बन्धलाई समय सापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने पनि बताउनुभयो ।

नेपालभर २२८ शाखा, २०४ एटिएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकलाई डिजिटल वित्तीय सेवा पु¥याइरहेको यो बैङ्क हाल ग्राहक सेवामा समयानुकूल आधुनिक बैंकिङ्ग प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।