गुल्मीमा पहिलो पटक ‘डिजिटल डल्बी साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित सिनेमा हल सञ्चालनमा आउने भएको छ ।
प्रतिनिधि सभाको बैठक बस्ने समय र मिति परिवर्तन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज सूचना जारी गर्नुहुँदै भोलि बुधबारका लागि तय भएको बैठक एक दिन ढिला गरी बिहीबार बस्ने बताउनुभएको हो ।
पशु चौपायामा फैलिएको लम्मी स्किन महामारीका कारण सुदूरपश्चिम प्रदेशमा १४ हजार ३९० पशु चौपायाको मृत्यु भएको छ ।
चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा पुरुष क्रिकेट खेलको तालिका परिवर्तन भएको छ । बहराइनले अन्तिममा प्रतियोगिता नखेल्ने भएपछि खेल तालिका परिवर्तन भएको हो ।
मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनबाट नेपालले एक असर, कुशल राजनीतिज्ञ गुमाएको बताउनुभएको छ ।
पुष्पसदन स्कुल कीर्तिपुरले तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यका व्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यमबाट दर्ता हुनेभएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभा सदस्य एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै देशले एक शालीन र असल नेता गुमाएको बताउनुभएको छ ।
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा मंगलबार आयोजक वडा नं २३ ले विजयी सुरुवात गरेको छ ।
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ ।
दक्षिणी रुसको पर्यटकीय सहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० आज बिहान साइबेरियाको खेतमा आपत्कालीन अवतरण गरिएको छ ।
संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ ।
पूर्वी लिबियामा आइतबार आएको बाढीका कारण दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालले नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।