हाल हप्ताको दुई वटा मात्र सेडुअल उडान भर्दै आएका निजी एयरलाइन्सलाई हप्तामा चार वटा उडान भर्न हुम्लावासीहरूले माग गरेका छन् ।
भारतमा मजदुरीका लागि गएका सर्लाहीका एक युवकको हत्या भएको छ । दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको भारतीय युवकले कुटपिट गरी हत्या गरेको हो ।
नेपालका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) २०२३ मा विजयी सुरुवात गरेको छ ।
उपराष्ट्रपति पदमा नेकपा (एमाले) का नेत्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
बागमती नदी नेपालीहरूको आस्थाको केन्द्र हो । हिन्दुहरूका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता त्यत्तिकै छ ।
बाजुराको साँफे-मार्तडी सडकअन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक सडक निर्माण कार्यको काम रोकिएको छ । बूढीगङ्गा नगरपालिका-२ को कन्र्सन बाजुरा देखि अम्कोट द्धवारीसम्मको झण्डै ३ किलोमिटर वैकल्पिक सडक गत भदौमा नै निर्माणको काम सुरु भएको थियो ।
स्थायी लेखा नम्बर लिएका करदाताले समयमै आय विवरण पेस नगरेका सेवाग्राहीलाई अविलम्ब विवरण बुझाउन अनुरोध गरेको छ ।
सडक बत्ती बालेबापत रौतहटका पाँच वटा नगरपालिकाले सात करोड रुपियाँभन्दा बढी रकम तिर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखा मातहतका चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर गरी पाँच वटा नगरपालिकाले सडक बत्तीको उक्त रकम भुक्तानी गरेको छैन ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताउनुभएको छ ।
कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारले तीव्रता लिएको छ । आर्थिक वर्ष २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म सुर्खेत क्षेत्रमा ३० र कोहलपुर सब-स्टेशनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको चिसापानीसम्म १५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरेको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज (शनिबार) कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो ।
कोशी प्रदेश खारेजीको माग गर्दै इलामको माङसेबुङ गाउँपालिकामा आन्दोलनरत पक्षले तालाबन्दी गरेको छ । प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा उत्रिएको समूहले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।
नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
चैत १७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक गरिएको छ । गोविन्द सिंह भण्डारीको निर्देशन रहेको फिल्ममा कलाकार सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्काको अभिनय देख्न सकिन्छ ।
‘कत्रो ठूलो किताब !’ म किताबको आकार देखेरै छक्क परेको थिएँ । मैले त्यति ठूलो किताब देखेकै थिइनँ । बुवाले मलाई किताब दिँदै भन्नुभएको थियो, “यसलाई ठूलो किताब अर्थात् बिग बुक भनिन्छ ।” बुवाले किताब दिने बितिक्कै मैले किताबको शीर्षक पढेँ । ‘बराबर’ किताबको शीर्षक थियो । यस्तै खालको किताब मैले केही समयअगाडि पढेको थिएँ । किताबको शीर्षक थियो ‘चिडियाखाना’ । त्यही किताबभन्दा पनि ठूलो थियो ‘बराबर” किताबको आकार ।