• ७ जेठ २०८१, सोमबार

एसियाड क्रिकेटको तालिका परिवर्तन

blog

काठमाडौं, भदौ २६ गते । चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा पुरुष क्रिकेट खेलको तालिका परिवर्तन भएको छ । बहराइनले अन्तिममा प्रतियोगिता नखेल्ने भएपछि खेल तालिका परिवर्तन भएको हो ।

नयाँ तालिका अनुसार नेपालले आफ्नो प्रतिद्वन्द्वी पनि फरक पाएको छ । नेपालले अब समूह ‘ए’मा माल्दिभ्स र मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो ।

यस्तै समूह ‘बी’ मा कम्बोडिया, जापान र हङकङ रहेको छ । समूह ‘सी’ मा मलेसिया, सिंगापुर र थाइल्यान्ड छ । यसअघि समूह चरण खेल्ने तय भएको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेपालले समूह चरणको पहिलो खेल असोज १० गते मालदिभ्स र दोस्रो खेल असोज १४ गते मङ्गोलियासँग खेल्नेछ । समूहको शीर्षटोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काले सोझै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।