• ६ जेठ २०८१, आइतबार

पूर्वी लिबियामा बाढीका कारण दुई हजार बढीको मृत्यु

blog

काठमाडौं, भदौ २६ गते । पूर्वी लिबियामा आइतबार आएको बाढीका कारण दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

बाढीमा परी हजारौँ मानिसहरू बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताउनुभएको हो । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा हम्मादले धेरै मृत्यु बन्दरगाह सहर डेरनामा भएको जानकारी दिनुभयो ।

उहाँले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ । त्यस्तै, उपप्रधानमन्त्री अलि अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गर्नुभयो । स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल