टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख २५ गते । मर्मतको लागि कालीगण्डकी ‘ए’जलबिद्युत केन्द्र (ड्यामका) सवै ढोका खोलिने भएकाले सर्तक रहन आग्रह गरिएको छ ।
कालिगण्डकी ‘ए’ जलविद्युत केन्द्रले शुक्रबार साँझ करिब ५ बजेदेखि ढोकाहरु खोलेर नदि पुरानै बहावमा फर्काने भएकाले सार्वजनिक सूचना मार्फत सर्तक रहन सवैलाई आग्रह गरिएको हो ।
बृहत मर्मत सम्भार गर्न तीनवटै मेसिन बन्द हुनेछन् । जसका कारण सुरुङ्गहुँदै जलबिद्युत केन्द्र जाने पानी मोडेर सबै ढोका मार्फत पुरानै वहावमा छोड्ने भएकाले नदि किनार आसपासका क्षेत्रमा निर्माणजन्य सामग्रीहरु लगायत कुनै सामग्री भए समयमै हटाउन र उक्त समयमा नदि किनारमा नजान सबैमा अपिल गरिएको कालीगण्डकी ‘ए’जलबिद्युत केन्द्रका प्रमुख आत्यमेश पौड्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैशाख २९ गते विहानबाट कालीगण्डकी ‘ए’जलबिद्युत केन्द्रको(ड्याम) का सवै ढोकाहरु पुनः बन्द हुनेछन् । सबै ढोकाहरु खेल्दा नदिमा पानीको बहाव ठूलो हुने भएकाले सर्तकर्ताको लागि गुल्मी, पाल्पा र स्याङ्जाका प्रहरी र प्रशासन कार्यालयहरु कालीगण्डकी ‘ए’जलबिद्युत केन्द्रले सूचना पठाएको छ ।