पश्चिम पृतना हेडक्वाटरमा सञ्चालित सैन्यआधार तालिमबाट ९३ जना सैनिक दीक्षित भएका छन् । जसमा गण्डकी प्रदेशबाट ४२, बागमतीबाट १४, लुम्बिनीबाट २२ र कर्णालीबाट १५ जना रहेका छन् । यसैगरी पश्चिम पृतना हेडक्वाटरअन्तर्गत विभिन्न ८ वटा गणहरुमा गरी ६ सय ७५ जना दीक्षित भएका हुन् । उहाँहरु आजैबाट कार्यक्षेत्रमा प्रवेश गर्नुभएको छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार म्यानमारसँग हार बेहोरेको छ । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा सोमबार भएको दोस्रो खेलमा नेपाल म्यानमारसँग १–० गोलले पराजित भएको हो ।
गुल्मीको छ्त्रकोट गाउँपालिका –१, हुँगा झेर्दिमा दूध संकलन केन्द्र स्थापना गरिएको छ । गत वर्ष स्थापना गरिएको सो संकलन केन्द्रको एक औपचारिक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो ।
हुम्ला र मुगु जिल्लाको सिमानाका रहेको कर्णाली नदीको टापुमा फसेका एकजना बालकको जीवतै उद्धार गर्न प्रहरी सफल भएको छ । यसरी सकुशल उद्धार गरिएका बालकमा मुगु जिल्ला सोरु गाउँपालिका–४ को लिबरु गाउँका १५ वर्षीय बालक ईबु छत्याल हुनुहुन्छ ।
कैलाली प्रहरीले बैङ्किङ कसुरका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले घोडाघोडी नगरपालिका –४ महितुवा टोलका ३६ वर्षीय ज्ञानबहादुर चौधरीलाई पक्राउ गरेको हो ।
धार्मिक सहिष्णुता कायम राख्दै गौहत्या र गौतस्करीको नियन्त्रणको मागसहित झापाको दमकमा शान्तिपूर्ण सद्भाव र्याली प्रदर्शन गरिएको छ । ओमकार परिवारको नाममा आइतबार अपरान्ह दमक र्याली ले नगर परिक्रमा गरेको थियो ।
पाल्पामा डेङ्गु सङ्क्रमित र स्क्रब टाइफस बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो दिनमा दैनिक ८ देखि १० जना बिरामी डेङ्गु सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–११ कृषि रोडका ३८ वर्षीय सर्वजित् बंशीमगरले करिब ९ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताउनुभयो ।
गौहत्याको विरुद्धमा देशैभर कार्यक्रमहरू भइरहेका बेला पाल्पाको रामपुरमा गाैसालिक निर्माण गरिएको छ । रामपुर नगर गौशाला समितिले वडा ६, मिलनचोकमा कामधेनु गाईको सालिक निर्माण गरेको हो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका र जोखिममा परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ ।
युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि सर्वियन स्टार नोभाक जोकोभिचले जित्नुभएको छ । सोमबार बिहान भएको फाइनलमा उहाँले रसियन स्टार डेनियर मेदभेदेवलाई ६–३, ७–६ (७–५), ६–३ को साझो सेटमा हराउनुभयो ।
चम्पबती हाइड्रोपावर लिमिटेडले लमजुङ र गोरखाको सीमा भएर बग्ने चेपे खोलामा निर्माण गरिरहेको ७ मेगावाटको चेपे खोला ‘ए’ जलविद्युत आयोजनाको काम अन्तिम चरण पुगेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्नुहुँदै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राख्नुभएको थियो ।