• ७ जेठ २०८१, सोमबार

महालक्ष्मीले ग-यो खानेपानी व्यवस्थापन

blog

काठमाडौँ, असार १८ गते । महालक्ष्मी विकास बैङ्क लिमिटेडको भक्तपुर शाखाले चाँगुनारायण नगरपालिकामा रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।विद्यालयमा आयोजित एक विशेष समारोहमा भक्तपुर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । यस प्रकारको सहयोगले विद्यालयमा रहेका बालबालिकालाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरूको सरसफाइमा सहयोग पुग्ने विश्वास बैङ्कले लिएको छ ।