• ३० वैशाख २०८२, मङ्गलबार

घाँस काट्नेक्रममा करेन्ट लागेर एकको मृत्यु

blog

घाँस काट्नेक्रममा करेन्ट लागेर मृत्युभएका थापा । तस्बिर : जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, भदौ २४ गते । कपिलवस्तुमा घाँस काट्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –१ बनकसबासामा बस्दैआउनुभएका धनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । 

आइतबार बिहान अन्दाजी ९ बजेतिर विद्युतको पोल नजिकैको रुखमा चढेर घाँस कट्नेक्रममा थापालाई करेन्ट लागेको थियो ।  

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गा थापाका अनुसार मृत्यु हुनेमा दाङ स्थायी ठेगाना भएका थापा बनकसबासामा बसेर अरूको घरमा काम गर्दैआएका थिए । मृतकको आफन्त खोजतलास गरी जानकारी गराएको प्रहरीले जनाएको छ ।