• ७ जेठ २०८१, सोमबार

निर्वाचनको मिति तोकिएपछि भारत गएका फेरि गाउँ फर्किँदै

blog

बाजुरा, असार  १८ गते । मदतान गरेर मतगणना नहुँदै रोजगारका लागि  भारत गएका बूढीगङ्गा नगरपालिकाका स्थानीयबासी फेरि यती बेला धमाधम गाउँ फर्किन थालेका छन् ।

धाँधली भएको उजुरी परेपछि बूढीगङ्गा नगरपालिकाको निर्वाचन स्थगित भएको थियो । नगरपालिकामा पुनः असार २३ गते निर्वाचन हुने भएपछि   आफ्ना उमेदवारलाई मतदान गर्ने उद्देश्यले उनीहरु यतिबेला धमाधम गाउँ फर्किन थालेका हुन् ।

बूढीगङ्गा नगरपालिकामा –१० का पदमबहादुर नेपालीले स्थानीयले यतिबेला राम्रो उम्मेदवार पाएकोले उहाँलाई नै मतदान गर्न फेरि गाउँ फर्किएको बताउनुभयो । उहाँका अनुसार गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा पनि यसरी उहाँलाई जिताउनका लागि गाउँमा आएका थियौ, केही समयमा धाँधली भए पनि हाम्रो बुथमा राम्रोसँग मतदान भएको हो । अन्य वडामा लफडा भएपछि हाम्रो वडाको पनि मतगणना रोकिएर पुन निर्वाचन हुने भएपछि म फेरि पनि सोही उम्मेदवारलाई जिताउन मतदान गर्न गाउँमा आएको बताउनुभयो ।

शाहीले भन्नुभयो, फेरि चुनाव हुँदा राम्रो पनि भयो, किन भने कुनै ठाउँमा मतदाताले आफ्नो मतदान प्रयोग गर्न कहिल्यै पाएका थिएनन् । यतिबेला भने ती मतदाताहरुले आफैले मतदान गर्न पाउँने भएपछि पुन निर्वाचन हुँदा खुसी लागेको नेपालीले बताउनुभयो ।

चुनावका समयमा आफ्नो मतदाता नामावली भए पनि कहिल्यै मतदान गर्न नपाउने मतदाताले पुन चुनाव भएपछि स्वविवेक तरिकाले आफैले मतदान गर्न पाउने भएपछि उनीहरुलाई निकै हौषला छाएको बूढीगङ्गा नगरपालिकामा १० मिथुन साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, मतदाताहरुको मत सधै आफैले प्रयोग गर्ने उमेदवारलाई भने कडा सुरक्षाका साथ मतदाताहरुले स्वविवेक तरिकाले आफैले मतदान गरेपछि आफू कि त हार्छाै कि भन्ने विषयमा चिन्ताबोध भएको छ ।

बूढीगङ्गा नगरपालिकाका केही वडाका नागरिकहरुले कहिल्यै पनि आफुले चाहेका जनप्रतिनीधिहरुलाई छान्न मत प्रयोग गर्न पाएका छैनन् ।

बूढीगङ्गा नगरपालिका २,३,५,९ मा एमाले र ४ ,७ मा काँग्रेसका कार्यक्रर्ताले एक लौटी मतदान गरेपछि सबै वडाको मतगणना रोकिएको थियो । यतिबेला भने स्वतन्त्र तरिकाले मतदान गर्न पाउँने वातावरणको सृजना भएपछि उनीहरुमा खुसी छाएको हो ।

असार २३ गते हुने स्थानीय तहको निर्वाचनमा बूढीगङ्गा नगरपालिमा १३  हजार ६५९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । बूढीगङ्गा नगरपालिमा असार २३ गते हुने स्थानीय तहको निर्वाचनका लागि १० वटा मतदान स्थल १९ वटा उपमतदान केन्द्र कायम गरिएको छ ।

Author

शेरबहादुर सार्की