• ७ जेठ २०८१, सोमबार

अभ्यास खेलमा ओन्टारियोमाथि नेपालको जित

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १८ गते । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय ओन्टारियोविरुद्धको अभ्यास खेलमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेपालले नेपालले ओन्टारियोलाई ६९ रनले हरायो । नेपालले दिएको २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा सवै विकेटको क्षतिमा १ सय ५१ रनमा समेटिएको थियो । 

ओन्टारियोका रियाजखान पठानले सर्वाधिक ३६ रन बनाउनुभयो । कप्तान नरेश बुढाऐरले २९ रन बनाउनुभयो । निकोलस मनोहरले २५ र जश शाहले २० रन बनाउनुभयो । बलिङमा नेपालका पवन सरार्फले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाउनुभयो । आसिफ शेखले ४२, देव खनालले २७, बसिर अहमेदले २४, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९-१९, कुशल भुर्तेलले १३ र आदिल अन्सारीले अविजित १० रन बनाउनुभयो । बलिङमा ओन्टारियोका शील पटेलले तीन विकेट लिनुभयो । नेपालले क्यानडासँग दुई खेलको एकदिवसीइ सिरिज खेल्नुअघि ओन्टारियोसँग अभ्यास खेल खेलेको हो ।  

क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिदेशीय सिरिज खेल्न स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । 

लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । नेपालसहित ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।