• ७ मंसिर २०८१, शुक्रबार

आमा खै ! (कविता)

blog

हिरण्यकुमारी पाठक

 “बुबा आमा खै ?” 

“आमा त टाढा गइन् छोरा” 

“किन बाबु किन ? आमा कोसँग रिसाउनु भयो ?”

“हैन छोरा, त्यसो हैन”

“उसो भए के हो त ? आमा खै खै ?”

“किन छोरा तिमीलाई माया लाग्छ आमाको ?”

“आमाको माया त धेरै छ, कति ! कति !!”

“म पनि त माया गर्छु, यता आऊ न” 

“नाइँ आमाको न्यानो माया अर्कै छ, छुट्टै हुन्छ” 

“कस्तो माया देखाऊ म पनि गर्छु, त्यस्तै माया” 

“नाइँ आमाको न्यानो माया अर्कै छ, आमाको माया छुट्टै छ” 

“कस्तो माया देखाऊ, म पनि गर्दछु त्यस्तै माया” 

“सिक्न पाइँदैन मेरो आमाको माया मलाई मात्रै छ” 

“अनि के छ नि तिम्रो मात्रै” 

“सिँगै आमा नै मेरो, म नै आमाको, खै आमा ?” 

“तिम्रो आमा त अब आउँदिनन् छोरा” 

“किन नआउने आमा, किन ? किन ?”

“रणभूमिमा बलिदान भइन् तिम्री आमा” 

“सागरमा सरिताभैmँ बिलिन भइन् तिम्री आमा” 

“आमा–आमा–आमा !”