• ८ जेठ २०८१, मङ्गलबार

गीत

blog

टहल दाहाल “नवकिरण” 

नेपाल मेरो मुटुको टुक्रा छातीमा सजाउँछु

मादलु, झ्याम्टा, मुर्चुङ्गा, झ्याली प्रेमले बजाउँछु ।


सगरमाथा नेपालको शिर पासाङको स्थान

लुम्बिनी मेरो आँखाको नानी बुद्धको आँगन

शान्तिको गीत गाएर म त संसारलाई कजाउँछु

नेपाल मेरो मुटुको टुक्रा छातीमा सजाउँछु ।


डाँडा र पाखा सुसेली खेल्दै म गीत गाउँछु

उकालो काटी थुम्कोमा पुग्दा खुसीले रमाउँछु

जिरीको मेरो जन्मेको घरमा पाहुनालाई नचाउँछु

नेपाल मेरो मुटुको टुक्रा छातीमा सजाउँछु ।