साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् ।
तपाईं प्रचारप्रसार गरिरहनुहोस् म नगरिरहुँला तपाईं बाँचिरहनुहोस् म मरिरहुँला ।
हिमचुली हाँस्छन् पिरती गाँस्छन् जीवनको जुहार असारलाई सार यही बारम्बार घामको मुहार । आकाशमा बादल घुम ओडी आउँछन् फूलको जवानी जीवन र जगत् सर्वेश्वर एकसाथ मानिसको कहानी ।
नेपाल प्रहरीका सबै दर्जाका अधिकारीहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताब खाना (प्रहरी) सूचना जारी गरी २०८० भदौ २८ गते भित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।
मान्छे भएनि हाम्रो चल्दैन हेर पानी मिल्दैन जान मन्दिर यस्तै छ जिन्दगानी । बाँचेर फेरि हामी मर्छाैं हजार बार चल्ने रहेछ हाम्रो चढ्दो त यो जवानी ।
शीतको थोपा चुहेर गुलाफको बोटमा पर्दा मोतीका दानाजस्तै चमक छरिएको छ । हावाको सानो हल्लाइमा ढल्पलढल्पल हुन्छन् मसिना दानाहरू । कतै पुग्ने हतारो त छैन होला तर लामो अस्तित्व नभएका यी दानाहरू ज्वलन्त बनेका छन् सूर्यको कलिलो किरणमा । शीतको ओसमा भिजेर लपक्क माटो बनेको छ भुइँको कसिङ्गर । जुत्ता–चप्पल नभएका खुट्टाको प्राकृतिक जुत्ता बनेर । केही परसम्म साथ दिन खोजे पनि खुट्टाले भारी महसुस गर्छ र बेस्सरी
आज (शनिवार) कार्यालय तथा राजस्व सङ्कलन गर्ने सबै बैङ्क खुला रहने भएको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै सबै राजश्व सङ्कलन गर्ने बैङ्क खुल्ला रहने जनाएको हो ।
मानव जातिको प्रगति र समुन्नति कायम राख्न ज्ञान र विज्ञान दुवैको अहम् भूमिका हुन्छ । विज्ञानले पत्ता लगाएका नियमको पालन ज्ञानसम्मत तरिकाले गरिएन भने त्यसले विकास होइन, विनाश निम्त्याउँछ । विज्ञानको देनका रूपमा मानिएका रासायनिक मल र विषादीको प्रयोगले बालीनालीलाई रोग, व्याधि र शत्रु किराबाट बचाएर उब्जनी बढाउन सहयोग त पु¥याउँछ तर यसको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा मात्र होइन माटोको स्वास्थ्यमा पनि गम्भीर समस्या निम्त्याएका उदाहरण वर्षंैपिच्छे बढ्दैछन् । साथै, कैयौँ जलचर र थलचरको वंश नै नाश भएका विस्मयकारी नतिजा पनि देखापर्न थालेका छन् ।
हुम्लाका किसानहरू जौ र गहुँ उत्पादन भएको जग्गामै पहेँलिएको अवस्थामा टिप्न बाध्य छन् । लगातार वर्षा भएको कारण जग्गामै पहेँलिएको जौ र गहुँ किसानले टिप्नु परि रहेको हो ।
भानुभक्त आचार्य (विसं १८७१–१९२५) नेपाली साहित्यका क्षेत्रमा आदिकविका रूपमा चर्चित हुनुहुन्छ । उहाँको रामायण (विसं १८९८–१९१०) महाकाव्यलाई आदिमहाकाव्यका रूपमा लिइएको छ । रामायण लोकभावनामा आधारित भएकाले पनि सबैको मन छुने खालको थियो । भानुभक्त श्रीकृष्णका नाति तथा धनञ्जय आचार्यका छोरा हुनुहुन्छ । भानुभक्तले बाजेबाट संस्कृतको साधारण शिक्षा पाउनुभएको थियो । पछि उहाँ काशीमा बस्दा त्यहाँको वातावरण तथा आफ्नै क्षमताबाट कवितातर्फ आकृष्ट हुनुभयो ।
कार्यालय, कुनै जमघट वा साथीभाइसँगको भेटघाटमा यस्ता गुनासा हामी दिनहुँ सुन्ने गर्छौं । प्रविधिसँग अभ्यस्त अक्सर मान्छे यस्ता समस्याका भुक्तभोगी हुन्छन् । एक दिन ल्यापटप नचल्दा अथवा एक दिन मोबाइल नहुँदा जीवन नै ठप्प भएको अनुभव ल्यापटप र मोबाइल जस्ता पछिल्लो समय अत्यधिक प्रयोगमा आएका सूचना प्रविधिका साधन प्रयोगकर्ताहरूले गरेकै हुनु पर्छ । यसो त यी साधनको विकल्प मान्छेको आफ्नै दिमाग हो तर अचेल मान्छे आफ्नो दिमागको निकै कम प्रयोग गर्छन् ।
पोखरा उपत्यकामा रहेका तालहरूमध्ये फेवाताल सबैभन्दा ठुलो ताल हो । तालवाराहीको मन्दिर र तालमा हिमालको छाया देखिनुले यो तालको बढी महत्व रहेको छ । हिउँदमा जाडो छल्न साइबेरियाको मैदानबाट बसाइँ सरी आउने हाँस प्रजातिका चराहरू केही दिन तालमा विश्राम गर्ने हुँदा सन् २०१६ मा पोखराका नौ वटा तालको समूहलाई अन्तर्राष्ट्रिय महìवको सिमसार क्षेत्रमा सूचीकृत गरिएको छ ।
जिल्ला विपत् व्यवस्थापन समिति सुर्खेतले कर्णालीमा एकीकृत प्रशासकीय भवन बनाउन आवश्यक जग्गा उपलब्ध गराउने भएको छ। समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेश सरकारका मन्त्रालय एकै ठाउँमा राख्ने गरी बनाइने एकीकृत भवनका लागि वीरेन्द्रनगरस्थित आन्तरिक मामिला तथा योजना मन्त्रालयको दक्षिण तर्फको खाली जग्गा उपलब्ध गराउन सकिने सिफारिस नेपाल सरकारलाई गरेको हो।