दोलखामा यो वर्ष अहिलेसम्म ६३ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ३८ प्रतिशत काम पुरा भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले काम तीव्र रूपमा भइरहेको र हालसम्म ३८ प्रतिशत काम पुरा भएको आयोजनाका प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो ।
चलचित्र बगान प्रदर्शन भएसँगै कलाकारहरू काठमाडौँ उपत्यकाका विभिन्न हलमा दर्शक प्रतिव्रिmया बुझ्न पुगेका छन् । अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेतृ करिश्मा मानन्धर र प्रमिला कार्कीले दर्शकसँग साक्षात्कर गर्नुभएको हो । चलचित्र हेरर फर्किएका दर्शक कोही अभिनेतृ मानन्धरको अँगालोमा परेर आँसु झार्दै थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईं जस्तै हुनुपर्छ भन्दै भक्कानिएका थिए । चलचित्र हेर्न आउने एकल आमाहरूले आफ्नै कथामा चलचित्र बनाएको भन्दै धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका सन्तानले आफ्नो जिम्मेवारी बोध गराइदिएको बताए ।
प्राडा. योगेन्द्र प्रसाद (वाइपी) सिंहद्वारा लिखित पुस्तक ‘क्यान्सर–के, किन र कसरी’ नामक पुस्तक लोकार्पण भएको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हालै पुस्तकको लोकार्पण गर्नुभयो । डा. यादवले मेडिकल अध्ययन गरे पनि १० वर्षमात्र अभ्यास गरेको र त्यसपछि राजनीतिमार्फत नेतृत्वमा आएर जनस्वास्थ्यका नीति निर्माणमा लागेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएसँगै शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रगति भएको दाबी गर्नुभयो । यद्यपि कतिपय क्यान्सर उपचार गर्ने अस्पतालमा अत्यावश्यक प्रविधिको अभाव उहाँले औँल्याउनुभयो ।
चलचित्र ‘एक भगवत् गीता’ को टिजर सार्वजनिक भएको छ । चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगर प्रमुख भूमिकामा हुनुहुन्छ । विपीनलाई लैङ्गिक अल्पसङ्ख्यक पात्र कमलामाईको अवतारमा देखाइएको छ ।
राष्ट्र बैङ्कका अनुसार जेठ मसान्तमा एक लाख ४७ हजार ५१० ऋणीलाई प्रवाह भएको दुई खर्ब तीन अर्ब १० करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार २३५ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४५५ महिला उद्यमीलाई प्रवाह भएको ६० अर्ब ४६ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए ।
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित भएको छ । गए राति बसेको प्रदेश सभाको बैठकले बहुमतबाट बजेट पारित गरेको हो ।
युवा जनशक्ति बिदेसिन थालेपछि सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका आधा दर्जन गाउँ रित्तिँदै गएका छन्। घरपरिवार चलाउन वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भएपछि पाँच वटा वडा रहेको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका दुई वटा वडाका घरमा ताल्चा लाग्न थालेको हो। भोटेकोशीको तातोपानी, लिस्ती, दुगुनागढी, फुल्पिङकट्टी, मार्मिङ, बोक्चेन र बाह्रबिसे नगरपालिकाको घुम्थाङ, गातीलगायत गाउँका युवा जनशक्ति विदेश पलायन भएका हुन्।
डेङ्गु सङक्रमण रोक्न धादिङबेँसीमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । पछिल्लो सातामा डेङ्गुको सङ्क्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय, नीलकण्ठ नगरपालिका, धादिङ अस्पताल, धादिङ सोसियल भोलेन्टियरलगायतका निकायले शनिबारदेखि यो अभियान सुरु गरेका हुन् । यो अभियान अन्तर्गत शनिबार धादिङ अस्पताल परिसरभित्र सरसफाइ गरिएको छ । बजार क्षेत्रका घर तथा भवनको छेउछाउमा भएका पानी जम्ने खाल्टाखुल्टी पुर्ने र लामखुट्टेले फुल पार्ने, बच्चा जन्माउन सक्ने गरी पानी जम्मा हुने भाँडा खोजेर नष्ट गरिएको छ ।
राष्ट्रिय जनगणना २०४८ देखि २०७८ सम्म आइपुग्दा जनगणनाको त्रुटि क्रमिक रूपमा कम हुँदै गएको छ । राष्ट्रिय जनगणनाको त्रुटि पत्ता लगाउन गरिने जनगणना जाँच परीक्षणका नतिजा अनुसार क्रमिक रूपमा त्रुटि कम हुँदै गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको हो । कार्यालयले केही दिनअघि सार्वजनिक गरेको गणना जाँच सर्वेक्षणको प्रतिवेदनमा अनुसार २०४८ सालमा गरिएको जनगणनामा कुल जनसङ्ख्याको ११ प्रतिशत जनसङ्ख्याको जनगणना गर्न छुटेको, २०५८ सालमा पाँच, २०६८ सालमा ३.६ र २०७८ सालमा आइपुग्दा सो प्रतिशत घटेर २.७३ प्रतिशतमा झरेको कार्यालयले जनाएको छ ।
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । फार्मेसी अधिकृत पोखरेलले शुक्रबार बिहान अस्पतालको फार्मेसीको स्टोरभित्र कपडाको पासो लगाई आत्महत्या गर्नुभएको थियो । चिकित्साशास्त्र अध्ययन संस्थानले आत्महत्याका सम्बन्धमा थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।
सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गोरखापत्रलाई बताउनुभयो।
सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि सोमबार (साउन १) देखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ। विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागु नभएपछि त्यस्ता विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको सूचना तथा प्रसारण विभागले जनाएको छ।
हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।