दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ ।
जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गर्नुभएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ जानुभएको हो ।
गुल्मीको ऐतिहासिक तथा धार्मिक पुण्यभूमि रेसुङ्गामा यस वर्ष बलि पूजा नहुने भएको छ ।
नेवार समुदायको जातीय संस्था नेपाल भाषा तथा सांस्कृतिक समाजले शनिबार भिन्तुना डाँडामा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरेर विधिवत रुपमा लाखे नाच सुरु गरिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा आइतबार तीन वटा गाडी ठोक्किँदा एक जना घाइते भएका छन् ।
वेश्या रचेलको हातमा थपक्क आफ्नो कान काटेर राखिदिने म पागल भ्यानगग होइन आफ्नो सेक्सी हात माथि
गण्डकी, असार ३१ गते । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बन्नुभएको छ । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिनुभएको छ । भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उहाँ जागिरको सिलसिलामा अष्ट्रेलिया पुग्नुभयो । उहाँले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गर्नुभयो । “अष्ट्रेलियामा मूर्तिकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरनासहितका चरनमा रहेका जङ्गली जनावर र मागअनुसार मूर्ति बनाउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छाशक्तिका साथ स्वदेश फर्किए ।”उहाँ अष्ट्रेलियामा काम गर्दा मासिक रु. दुई लाख आम्दानी गर्नुहुन्थ्यो । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उहाँ स्वदेशी फर्कनुभयो । छ वर्ष अघि स्वदेश फर्कनु भएका उहाँले हामी मासिक रु. ७० हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ भने तीन जनालाई जागिर पनि दिनुभएको छ । होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उहाँले भन्नुभयो, “पानीको झरना, आसपासमा बच्चासहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ति निर्माण गर्दा सामग्रीबाहेक रु. १२ हजार ज्याला लिन्छु ।” आर्टसमा समेत रुचि राख्ने उहाँले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताउनुभयो ।उहाँसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहनुभएको छ । उहाँहरुले मासिक रु. १७ हजारका दरले पारिश्रमिक पाउनुहुन्छ । “मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ”, उहाँले भन्नुभयो । पोखरा महानगरपालिका वडा नं १७ सीताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गर्नुभएका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउनुहुन्छ । “एक जोडि शिवलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु. छ हजार पाँच सयका दरले रु. सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ”, उहाँले भन्नुभयो । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । रासस
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जानुहुने भएको छ । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जानुहुनेभएको हो ।
झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ ।
जोगेन्द्रले मोबाइल गर्दै भित्र पसे । श्यामाले खुसीको स्वरमा भनिन्, “मेरो ठुले आयौ ? अहिले कस्तो छ बाबा ? कहिले मुख देखौँ जस्तो भएको थियो ।” जोगेन्द्रले जङ्गिँदै भने, “नाटक गर्नुको पनि हद हुन्छ नि ! मुख हेर्न मनै थियो भने म डेङ्गु भएर मुर्दा झैँ लड्दा किन आउनुभएन हँ ? अबदेखि मलाई छोरा भन्नुपर्दैन । ‘खोलो त¥यो लौरो बिर्सियो’ यही त भयो नि मेरो जीवनमा पनि । सम्झिनुहोस्, अबदेखि तपाईंको छोरा म¥यो । दुःख, बिमारमा काम नलाग्ने आमा अरू बेलामा किन चाहियो हँ ? म यही भन्न आएको हुँ ।” यति भन्दै जोगेन्द्र हिँडि पनि हाले । श्यामाले रुन्चे स्वरमा भनिन्– “चिया त खाएर जाऊ बाबु !”
सबलाई पिरेको छ त्यो लामो दिनले सबलाई अत्याएको छ आफ्नै उमेरले बोकेका छौँ हामीले आफ्नै आफ्नै सडेका उमेरलाई उमेर– घेराभित्र बाफिएको