सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ। बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो।
तुलसीपुर बहुप्राविधिक शिक्षालय कृषि तथा वन विज्ञानमा अध्ययनरत विद्यार्थीले पढ्दै कमाउँदै अभियान अन्तर्गत पुष्प व्यवसायलाई थप विस्तार गर्न प्रविधिको प्रयोग गर्न थालेका छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोको जोखिममा रहेको ओदक बस्तीलाई स्थानान्तरण गरिने भएको छ। मैवाखोला गाउँपालिका–४ साँघुको ओदक बस्तीका ६४ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको हो।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पूर्ण सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्ति केन्द्रको भूमिकाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कर्णाली प्रदेशका नागरिकको हरेक घरमा अब प्रहरीको सम्पर्क नम्बर रहनेभएको छ । सुरक्षित कर्णाली बनाउने अभियानअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आइतवारदेखि प्रदेशका १० वटै जिल्लामा नागरिकका घरका मूल ढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँस अभियान सुरु गरेको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताउनुभएको छ।
दाङको धारपानीमा पुरुषोत्तम महात्म्य एव्म श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुने भएको छ ।
उपन्यासकार कल्पना खरेलको चर्चित उपन्यास ‘रानी तलाउ’लाई एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
देशका धेरै पालिकामा उखु खेती गर्ने किसानको सङ्ख्यामा कमी आइरहेका बेला रुपन्देहीको सैनामैना नगरपालिका –५ सेरुवामा भने व्यावसायिक रुपमा पहिलो पटक उखु खेती सुरु गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन् ।
त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका चार हजार ८ सय घरधुरीमा प्रहरीले सुरक्षित कर्णाली विशेष अभियान २०८० अन्तर्गत फोन नम्बर सहितको स्टिकर टाँस गर्न सुरु गरेको छ ।
काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षाले मात्र मुलुकको प्रगति हुने बताउनुभएको छ । त्यस्तो, शिक्षा दिने मुलुकले मात्र प्रगति गर्न सक्ने उहाँको भनाइ छ ।
विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्गो रेल सञ्चालनमा ल्याउन मन्त्रालय तयारी गरिरहेको बताउनुभयो । आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले सो कुरा बताउनुभएको हो ।