बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतीक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ । यो क्रम विगत पाँच वर्षदेखि उहाँको घरमा चल्दै आएको छ ।
तनहुँको व्यास नगरपालिकाले गम्भीर प्रकृतिको रोग लागेका १०५ जना बिरामीलाई मासिक पाँच हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ। मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षाघात भएकालाई औषधी उपचारका लागि सहयोग गर्न थालिएको हो।
सरकारले असार लागेदेखि तीन महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि महोत्तरीमा अवैध उत्खनन नियन्त्रण हुन सकेको छैन। बाँके खोलामा भएको घटनाको २४ घण्टा नबित्दै प्रहरीले गौशाला नगरपालिका–५ स्थित मडाहा खोलाबाट गिट्टी, बालुवा चोरी निकासी गरिरहेको अवस्थामा बुधबार राति फेरि एक थान ट्याक्टर नियन्त्रणमा लिएको छ। मध्य रातको समय खोला उत्खनन भइरहेको सूचनाको आधारमा गौशालास्थित इलाका प्रहरी कार्यालयबाट बुधबार राति घटना स्थल पुगेको सुरक्षा टोलीले नदीजन्य पदार्थ लोड गरिएको ज. १ त. ४७४६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। ट्याक्टरसाथ पक्राउ परेका चालक मुन्ना साहसँग आवश्यक सोधपुछ भइरहेको गौशाला प्रहरीले जनाएको छ।
भिरकोट नगरपालिका ७ चिउरी खर्कमा आफ्नै बुबाले छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।
पूर्वी नेपालको पुरानो बजार धरान अहिले चर्चामा छ। यो चर्चाको कारण धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई र उहाँले चलाउनुभएको श्रमदान अभियान हो। न कुनै सङ्गठन, न सेलेब्रिटी, न धनाढ्य नै तर पनि एक दशकदेखि सामाजिक अभियन्ताका रूपमा धरानका जनताको समस्या उठाउँदै आउनुभएका राई अहिले पनि जनतासँगै श्रममा जुट्नुभएको छ। उहाँले विमान स्थल, सर्दु जलाधार क्षेत्रको संरक्षण, बसपार्क, खानेपानीलगायतका पूर्वाधार विकासलाई अहिले पनि प्राथमिकताका साथ उठाइरहनुभएको छ। सरकारको लगानी बिना नै श्रमदानबाट र जनताको आर्थिक सहयोगबाट नै धरानको खानेपानी समस्याको समाधानमा अकल्पनीय काम गर्नुभएको छ। प्रस्तुत छ, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राईसँग गोरखापत्रका निशा राईले गर्नुभएको कुराकानीको सम्पादित अंश :
दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् ।
एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आउनुभएको छ ।
आपसी समझदारीमा समान ब्याजदर निर्धारण गर्दै आएका वाणिज्य बैङ्कहरूले साउनदेखि भने आफ्नै अवस्था अनुसार ब्याजदर निर्धारण गरेका छन् । साउन १ देखि लागु हुने गरी वाणिज्य बैङ्कहरूले निर्धारण गरेको बचतको नयाँ ब्याजदर अनुसार पाँच बैङ्कले ब्याज बढाएका छन् भने नौ वटाले घटाएका छन् । छ बैङ्कले भने स्थिर राखेका छन् । सार्वजनिक विवरण अनुसार मुद्दती निक्षेपमा औसत ब्याजदर घटेर ९.७२ कायम भएको छ ।
प्राडा अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी निबन्ध सङ्ग्रह ‘संस्कृति चिन्तन’ प्रकाशित भएको छ । एक कार्यक्रममा लेखक तथा प्राध्यापकहरू अभि सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले किताब सार्वजनिक गर्नुभएको हो । लेखक सुवेदीले पहिलेको काठमाडौँ लुप्त भइसकेको तर अन्तरङ्गमा भने त्यो जीवितै रहेको बताउनुभयो । यहाँका चलन, सांस्कृतिक जात्रा, परिकारलगायतले त्यो संस्कृतिलाई जीवन्त राखेको उहाँको भनाइ छ ।
स्थानापन्न गोलरक्षक अञ्जना रानामगरले दुई पेनाल्टी रोकेपछि नेपालले आइतबार घरेलु टिम बङ्गलादेशलाई दोस्रो तथा अन्तिम खेलमा टाइब्रेकरमा ४–२ ले हराएर अन्तर्राष्ट्रिय महिला फुटबल मैत्री शृङ्खलाको उपाधि जितेको छ । नेपालले १–० ले शृङ्खला हात पारेको छ । गत भदौमा दशरथ रङ्गशालामा भएको फाइनलमा नेपाललाई हराएर बङ्गलादेश साफ च्याम्पियन भएको थियो । यी दुई टिम त्यसपछि पहिलो पटक भिडेका हुन् । त्यसैले बङ्गलादेशमै दुई खेलको मैत्री शृङ्खला हात पारेर नेपाल बदला लिन सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । “वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ ।”
आर्थिक वर्ष २०७९/८० मा काभ्रेपलाञ्चोक जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजन भएको विकास (पुँजीगत) बजेट ८५ प्रतिशत बजेट खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) काभ्रेपलाञ्चोकका अनुसार आव २०७९/८० मा सङ्घीय सरकारबाट विनियोजन भएको पुँजीगत बजेटमध्ये असार मसान्तसम्म ८८.७५ प्रतिशत रकम र प्रदेश सरकारमार्फत विनियोजन भएको पुँजीगत बजेटमध्ये ८२.४ प्रतिशत रकम खर्च भएको जनाएको छ।
भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोकका दुर्गम गाउँका स्वास्थ्य चौकी आठ वर्षपछि निर्माण सम्पन्न हुन थालेका छन्। २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पले जिल्लाका स्वास्थ्य चौकी भवनहरूमा क्षति पुगेको थियो। यस जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१, घोर्थलीमा सघन सहरी तथा भवन निर्माण आयोजनाले एक करोड ४४ लाख रुपियाँको लागतमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन निर्माण गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केही दिनअघि उक्त स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको थियो।
आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।
नागरिक लगानी कोषले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार सम्पन्न कोषको २८ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश स्वीकृत गरेको जनाइएको छ ।