कालीकोट जिल्लाको जितेगडा पुल दश महिनापछि सञ्चालनमा आएको छ । गत वर्षको असोजमा कर्णाली र तिला नदीको बाढीले आधा बगाएको कर्णालीमाथिको झुलङ्गे पुल दश महिनापछि मर्मत भएपछि सञ्चालनमा आएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा चोरीपैठारीका सामान नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल नेपालले एक अर्ब २६ करोड ४४ लाख २४ हजार ३७० रुपियाँ बराबरको भन्सार दाखिला गरेको छ ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा साउनलाई ‘बत्ती बाल्ने महिना’का रूपमा मनाउने गरिन्छ । धार्मिक महिनाका रूपमा चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । कालो महिना मानिने भएकाले आजदेखि बत्ती बालेर उज्यालो पार्ने पर्वका रूपमा मनाइँदैछ ।
जुम्लामा नुन सहजै नपाएको भन्दै त्यहाँका स्थानीयले डिपोमा तोडफोड गरेका छन् । स्थानीयले अहिले पनि नुन वितरणमा सहज नभएको भन्दै लाइनमा लागेका व्यक्तिहरूले डिपोमा ढुङ्गामुढा गरेका हुन् ।
संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ । संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरू प्रभावित बनेका हुन् ।
मकवानपुरका तीन स्थानीय तहले आजदेखि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले आजदेखि यस्ता पदार्थ निषेध गर्न लागेका हुन् ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक यातायातको भाडा घटेको हो ।
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक सात दशमवल पाँच प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर कम गर्न नेपालगञ्ज उप–महानगरपालिकामा सोमबारदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
दाङमा ट्राफिक प्रहरीले आजदेखि लागू हुनेगरी जरिवानाबापतको रकम अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ ।
ह्वाइट हाउसका वरिष्ठ अधिकारीले उत्तर कोरियाले गत साता अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अर्को आणविक परीक्षण गरेमा अमेरिका आश्चर्यचकित नहुने बताउनुभएको छ ।
निर्देशनालय कोशी प्रदेश विराटनगरले प्रति फ्याट दुई रुपियाँका दरले दुग्ध किसानलाई अनुदान दिएको हो ।
बाँकेको खजुरास्थित पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई भारत सरकारले एउटा एम्बुलेन्स र एउटा बस प्रदान गरेको छ ।
साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।