साउन अर्थात् विभिन्न रङ्ग समायोजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पहेँलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ ।
कर्णाली प्रदेशमा असारसम्ममा ६५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । हालसम्म कुल ३१ हजार दुईसय ८६ हेक्टर जमिनमा धान रोपाइँ सकिएको हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एक जहाज मर्मतपछि आज साँझदेखि नियमित उडानमा आउने भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच एकापसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ ।
महोत्तरीको भङ्गाहा–४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ । सोमबार बिहानै भङ्गाहा–५ स्थित रेलस्टेसनबाट उहाँ रेल चढ्नुभयो ।
आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलीबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ ।
सङ्घ र प्रदेशका कार्यालयतर्फ बाँकेमा विनियोजन भएको विकास बजेटमध्ये आर्थिक वर्ष २०७९–८० मा करिब अढाई अर्ब रुपियाँ खर्च हुन सकेन ।
युक्रेनलाई कालो सागरमार्फत आफ्नो अनाज निर्यात गर्न अनुमति दिने सम्झौता इस्तानबुलको स्थानीय समय अनुसार सोमबार राति ११ बजे समाप्त हुनेछ ।
राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ स्थित रुप्से झरनामा बेलिब्रिज निर्माण गरिएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) विदेशमन्त्रीहरूको बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा सोमबारदेखि सुरु भएको छ ।
श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरेको छ ।
तीन दशकदेखि परम्परागत रूपमा खेती गर्दैआएका कपिलवस्तु नगरपालिका –६ तिलौराका दरसराम कोँहार यस वर्षदेखि आधुनिक खेती गर्न सुरु गर्नुभएको छ ।
बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल सिरिज जितेको नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । नेपालले बङ्गलादेशविरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज १–० ले जितेको हो ।
मुसिकोट नगरपालिकाले नगरभित्र प्लाष्टिकका झोला र खादा प्रयोगमा रोक लगाएको छ । नगरभित्र हुने विविध सभा, समारोह, सांस्कृतिक कार्यक्रम लगायतका औपचारिक कार्यक्रममा खादाको प्रयोग नगरी स्थानीय फूलमालाको प्रयोग गर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको हो ।
सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घअन्तर्गतका १६ अस्पतालबाट गरिब, विपन्न, बेवारिसे तथा असायहरुको उपचारका लागि तीन हजार ५२३ वटा शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।