गत मङ्गलबार जङ्गलमा पाइने विषालु च्याउ खाएर बिरामी भएका रोल्पाको लुङ्ग्री गाउँपालिका–५ बुझिङ गाउँका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ ।
ललिता निवास प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
ललितपुर महनगरले सडकको धुलो पखाल्न दुई वटा ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याएको छ ।
नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेको आप्रवास काउन्टर अगाडि उभिएर म गमनपत्र भर्दै थिएँ । एक जना युवकले मेरो छेउमा आएर मसँग कलम मागे । आफ्नो गमन–पत्र भरिसकेर मैले कलम दिन खोज्दा उनले गमनपत्र नै भरिदिन आग्रह गरे । उनीसँग आवश्यक जानकारी लिँदै उनको गमन–पत्र भरेर मैले टाउको उठाउन नपाउँदै मलाई आठ–दसजना अरू युवकले घेरिसकेका थिए । सबैको हातमा गमन–पत्र थियो । उनीहरूका आँखाले मलाई गमनपत्र भरिदिन अनुरोध गरिरहेका थिए । मैले उनीहरूको बाध्यता बुझेँ र उनीहरूको गमनपत्र भरिदिन लागे । ती सबै युवा दुबई र दोहा जान लागेका थिए । सबैको पा
म मेरै मृत्यु मर्न चाहन्छु– विशुद्ध मेरो आफ्नै अरूकै मृत्यु आफ्नै भन्ठानेर युगौँ युगदेखि थरीथरीको अर्थ लगाएर
स्टारबक्स कफी सपमा छिर्दा भित्र कोलाहल त होइन, अलिकति हल्का, खलबल चाहिँ थियो । मेराअघि कफी अर्डर गर्नेहरूको लाममा तीन जना थिए । दुई जना किशोरी थिए सबैभन्दा अगाडि । गोरो छाला भएका । तिनीहरू हल्का पहिरनमा थिए । एउटी टिसर्ट र हाफ पाइन्टमा थिई । उसको आधा तिघ्रा र झन्डै पूरै पिँडौला सर्लक्क सुडौल टलक्क टल्केका थिए । ती पिँडौलामुनि उसको खुट्टामा नाइकीको स्पोर्टस् जुत्ताका लोगो प्रस्टै
गत आवका लागि सरकारले कुल रु. १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख बराबरको बजेट ल्याएको थियो । आव सकिँदासम्ममा उक्त विनियोजित बजेटमध्ये ७९ दशमलव ६९ प्रतिशतअर्थात् रु १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम सुरु भएपछि मकैको उत्पादनमा वृद्धि भएको छ । गत वर्ष मकैको उत्पादनमा वृद्धि भएको पाइएको हो ।
बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतीक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ ।
गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा कार्यालय पुनः स्थापना गरिने भएको छ ।
आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ ।
सरकारले चाहेमा आम किसानले भोग्नुपरेका सास्ती र हैरानीलाई कसरी अन्त्य गर्न सक्दोरहेछ भन्ने कुरा यसपटकको धान रोपाइँपूर्वको अवस्थाले पुष्टि गरेको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ । कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिनुभयो ।