नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले यो पर्व अति श्रद्धा र भक्तिका साथ मनाउँदै आएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र कृष्ण औँसीमा समाप्त हुन्छ । एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलाधर्मको आरम्भ साउन ३२ गतेबाट सुरु भएर भाद्र ३० गतेका दिन समाप्ति हुनेछ । ‘गुँला’ भन्नाले गुरुले वाचन गरेको बुद्धको ज्ञान पालन गरी धर्म गर्न र बुद्धधर्मको शील पालन गरी शीलमा बसिरहनु हो । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ भएकाले नेपाल संवत्को नवौँ महिनाको तिथिमा यो पर्व मनाउने गरिन्छ ।
झापामा असार मसान्तसम्ममा गत वर्षभन्दा १० प्रतिशत कम रोपाई भएको छ । असार अन्तिम सम्ममा जिल्लामा ६५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ । गत वर्ष यो अवधिमा ७५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो ।
ताप्लेजुङमा असार मसान्त सम्ममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जेठको दोस्रो साता पछिदेखि नै रोपाइँ सुरु हुने गरेको जिल्लामा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो ।
भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतले सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ का २१३ जना भूमिविहीनलाई आइतबार लालपुर्जा वितरण गरेको छ। शनिबार गुर्भाकोट नगरपालिकाका २४३ जनालाई लालपुर्जा वितरण गरिएको थियो। भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलका अनुसार भेरीगङ्गाकै अन्य वडाका भूमिविहीनलाई पनि लालपुर्जा दिने काम भइरहेको छ। गएको हप्ता पञ्चपुरी नगरपालिकाका २१५ जनालाई लालपुर्जा वितरण गरिएको जनाइएको छ। गुर्भाकोटको मेहलकुनामा शनिबार लालपुर्जा वितरण कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पुर्जा पाउने सबैले जग्गाको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेट बहुमतले पारित भएको छ। शनिबार राति बसेको प्रदेश सभा बैठकले बजेट पारित गरेको हो। अघिल्लो दिनसम्म सत्तापक्षकै प्रदेश सभा सदस्यहरू बजेटमाथिको छलफलका क्रममा प्रतिपक्षी दलका सदस्यको भन्दा कडा रूपमा आलोचन गरे पनि अन्ततः बहुमतले पारित गरेको जनाइएको छ। शनिबार एकाएक उहाँहरूको बोली मात्रै फेरिएन बजेट पनि पारित भएको छ। उहाँहरूको माग नै संशोधन नभए बजेट स्वीकार गर्न नसक्ने रहेको थियो।
किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ ।
प्रदेश सभाको निर्वाचन भएको आठ महिनामा लुम्बिनी प्रदेश सभाका विषयगत समितिले पूर्णता पाएका छन्। लुम्बिनी प्रदेश सभामा छ वटा विषयगत समिति गठन हुने व्यवस्था छ तर विशेष अवस्थामा समिति थप हुन सक्ने प्रावधान पनि छ। प्रदेश सभाको दोस्रो अधिवेशनको १९ औँ बैठकले छ वटा विषयगत समिति गठन गरेको हो।
चितवनमा उत्पादित पशु आहार प्रशोधित घाँस (साइलेज/हाइलेज) चीनमा निर्यात सुरु भएको छ। सन् २०२२ मा नेपाल सरकार र चीनको सिगात्से सहरबिच भएको औपचारिक सम्झौता अनुसार चिनियाँ व्यावसायिक कम्पनी नेपाल होराइजन इन्टरनेसनलले चितवनको भरतपुर–५ मा उत्पादन गरेको तीन सय टन हाइलेज पहिलो पटक चीनमा पठाइएको हो। घाँस निर्यात हेर्दा सानोतिनो कुरा जस्तो लागे पनि नेपाल–चीनबिचको व्यापारका निम्ति यो महत्वपूर्ण शुभारम्भ हो। निर्यातको यो थालनीले कृषिमा नवप्रवर्तन, प्रतिस्पर्धी उत्पादन र नयाँ सम्भावनाको खोजी प्रोत्साहन गर्ने छ। घाँस उत्पादनले समेत नेपालको निर्यात बढाउने अ
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले कोशी प्रदेश सरकार असंवैधानिक रूपमा गठन भएको भन्दै तत्काल भङ्ग गर्न माग गरेको छ। साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सभाबाट पछिल्लो सरकार बनाउने प्रक्रिया संविधानविरोधी क्रियाकलाप हो भनेर बताउनु भएको छ। कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पेस गरेको दाबीमा सभामुख
नेपालमा लागु पदार्थका दुर्व्यसनी बढ्दै बढ्दो क्रममा छन्। लागु पदार्थ कारोबारका लागि नेपाल ट्रान्जिट पोइन्ट नै बनेको छ। लागु पदार्थले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउँछ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँछ। कानुनद्वारा निषेधित गाँजा, अफिम, हेरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागु पदार्थ हो। विश्व स्वास्थ्य सङ्गठनले लागु पदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ।
आर्थिक वर्ष २०८०/८१ आरम्भ भएको छ। नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुलेको छ। आर्थिक वर्षको बजेट कार्यान्वयन गर्दा मुलुकको वर्तमान आर्थिक परिसूचकको सङ्गीन विश्लेषण गर्नुपर्ने हुन्छ। यो विश्लेषणले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रवृत्तिमा आवश्यक परिवर्तन र सुधार ल्याउन सकिन्छ। एक वर्षअघि देश श्रीलङ्का हुन्छ कि भन्ने ठुलो चिन्ता थियो। विदेशी मुद्रा सञ्चितिको गम्भीर मार खेपेको श्रीलङ्काको एक वर्षअघि अर्थतन्त्र टाट उल्टिएको थियो। त्यसको स्वाभाविक त्रास नेपालमा थियो। पाकिस्तान अझै सङ्कटमै छ। अरूको अनुभवबाट सिक्नु अब्बल अभ्यास हो। नेपालले विदेशी मुद्रा जोगाउन विलासितालगायत आयातमा कटौती ग¥यो। नियन्त्रणका उपाय लियो र अहिले बाह्य क्षेत्र सुधारको सन्तोष लिँदै छ।
नेपाल पनि विश्व पर्यटन सङ्गठनको सदस्य राष्ट्र हो। हरेक वर्ष विश्व पर्यटन दिवसमा सहभागिता जनाउँदै मुलुकको पर्यटन उद्योगको विकासका लागि काम गर्दै आएको छ। नेपालमा पर्यटन मन्त्रालय (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय), पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्वतीय प्रशिक्षण, पर्यटक प्रहरी, पर्यटन समिति (तारा गाउँ विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थापन समिति, पर्वतीय प्रशिक्षण विकास समिति, पर्वतीय प्रशिक्षण विकास समिति, लुम्बिनी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति) रहेका छन्। त्यस्तै निजी क्षेत्रमा उद्यम व्यवसायी, उनीहरूको कम्पनी तथा हित सङ्गठन, पेसाकर्मी तथा उनीहरूको ट्र«ेड युनियन, सङ्घ, महासङ्घ र आधिकारिक सामूहिक सौदाबाजी समिति पनि सक्रिय छन्। नेपालको पर्यटन उद्योग तथा बजारमा १५ खर्ब लगानी रहेको छ। कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७.८ प्रतिशतको हाराहारीमा छ। लगानी र उत्पादनमा पर्यटन उद्योगको उल्लेखनीय सक्रियता देखिएको मात्र होइन, उल्लेखनीय रोजगारी पनि दिएको छ।
पछिल्लो समय पशुमा देखिने ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलँदो क्रममा रहेको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लामा यसको सङ्क्रमण देखिन थालेको छ। झिँगा, लामखुट्टेको टोकाइबाट सर्ने यो रोग एक ठाउँको पशु अर्को ठाउँमा जाँदा सर्ने गरेको छ। पशुपन्छी मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक सुरेशकुमार श्रेष्ठका अनुसार गण्डकी प्रदेशमा असार २६ सम्मको ४८ हजार १३९ पशु सङ्क्रमित भएका छन्। सङ्क्रमित हुनेमध्ये एक हजार ८०१ गाईभैँसीको मृत्यु भएको छ। उहाँका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी गाई छन्।