• १३ साउन २०८१, आइतबार

झापामा ६५ प्रतिशत मात्रै रोपाइ

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन १ गते । झापामा असार मसान्तसम्ममा गत वर्षभन्दा १० प्रतिशत कम रोपाइँ भएको छ । असार अन्तिम सम्ममा जिल्लामा ६५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ । गत वर्ष यो अवधिमा ७५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो ।

जिल्लामा २० प्रतिशत मात्र सिचाइँको सुविधा रहेको छ । ८० प्रतिशत आकाशेभरमा निर्भर रहनु पर्ने भएकाले मनसुन ढिला गरी सुरु हुँदा र बिचमा धेरै वर्षा भएका कारण अपेक्षाकृत रोपाइँ हुन नसकेको विष्टले बताउनुभएको छ । मनसुन ढिला हुँदा रोपाई प्रभावित भएको हो, उहाँले भन्नुभयो ।

झापामा हाइब्रिड जातका धानका साथै रैथाने धानहरू लगाउने गरिन्छ । केही समय अघि जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले गरेको एक अध्ययन अनुसार झापा जिल्लामा  ३६ जातको रैथाने धान फेला परेको थियो ।