आजको प्रतिनिधि सभाको बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो।
फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेवा खोलामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान नभएकोले खेल क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताउनुभएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ। तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि तामाङलाई उपचाररत राजधानी काठमाडौस्थित सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो।
पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनमा आइतबार सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।
नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले मधुमेह तथा उच्च रक्तचापको स्क्रिनिङ्गका लागि स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले ग्रामीणस्तरमा सञ्चालन गरेको दुईवटा शिबिरबाट पाँच सयभन्दा बढी सर्वसधारणले लाभ लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले गैरकृषकलाई चार लाख रुपियाँ भत्तावापत वितरण गरेको खुलेको छ । आर्थिक बर्ष २०७९–८० को बार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पचासभन्दा माथि भेडाबाख्रा पालन गरेका कृषकलाई वितरण गर्नुपर्ने रकम गैर कृषकलाई वितरण गरेको पाइएको हो ।
गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको ‘एक कदम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा कमला न्यौपानेको शब्द, येदिन गजमेरको संगीत रहेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिनुभएको हो।
वर्षा लागेसँगै सप्तरीका कतिपय सडकमा खाल्डाखुल्डीले यात्रुको यात्रा असहज बन्दैगएको छ । ग्रामीण क्षेत्रसँगै सदरमुकाम राजविराजको सडकको अवस्था खासै फरक नरहेको स्थानीयको गुनासो छ ।
बहुप्रतिक्षित कुर्था–बिजलपुरा १७ किमी ब्रोडगेज रेलमार्गको उदघाटन गरिएको छ । भारत सरकारको एक हजार २५० करोड अनुदान सहयोगमा भारतीय रेलवे कम्पनी इरकन इन्टरनेशनल प्रालिले निर्माण सम्पन्न गरेको रेलवे ट्रयाकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतवार उदघाटन गर्नुभयो ।
मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडकखण्डअन्तर्गत हेवा खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ। बाढीले पुल बगाएको २९ दिनपछि आइतबार बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो।
इलामको सूर्योदय नगरपालिकामा किसानले पाउने दूधको मूल्य नेपाल सरकारले तोकेकै दरलाई कार्यान्वयन गर्ने सहमति भएको छ । दुग्ध उत्पादन नबिकेको भन्दै डेरीहरूले किसानलाई दिइरहेको मूल्य घटाउने प्रयास गरेका थिए ।