कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज (सोमबार) शिलान्यास गर्नुभयो ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार खेम सारुमगर आइतबार पुरस्कृत हुनुभएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७ दशमलव शून्य सात अङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलव १६ मा पुगेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत निर्माण गर्दागर्दै भाँचिएको कमला नदीस्थित पुलको स्थलगत अनुगमन गर्नुभएको छ ।
असार महिना सकिँदा कोशी प्रदेशमा करिब ५६ (५५.९०) प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
नेपालगन्ज रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काम गुणस्तरहीन भएको विषयमा ध्यानाकर्षण गराउँदा पनि काम नरोकिएपछि बाँके जिल्ला खेलकुद विकास समितिले प्रदेश खेलकुद परिषद् लुम्बिनीको नेपालगन्ज कार्यालयमा तालाबन्दी गरेको छ।
विसं २०६४ मा गलकोट सदरमुकामको हटिया बजारस्थित शिवालयको चौरबाट सुरु भएको गौमुखी कृषि विकास सहकारी अहिले गलकोटकै अब्बल सहकारीमा गनिन्छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले सङ्घीय संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाउनुभएको छ । उपाध्यक्ष अर्यालले आज (सोमबार) सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउनु भएको हो ।
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मङ्गलबार बस्ने केन्द्रीय कार्य समिति बैठकको विषय तय गर्नका लागि पदाधिकारी बैठक सुरु भएको जानकारी दिनुभयो ।
विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक वरीयताका कार्लोस अल्कारोजले जित्नुभएको छ । स्पेनका २० वर्षीय अल्काराजले सर्वियाका पाका खेलाडी नोभाक जोकोभिचलाई ३–२ को सेटमा हराउँदै उपाधि चुम्नुभएको हो ।
पटक–पटक रोकिँदै आएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण सोमबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकेको हो ।
मेची राजमार्ग अन्तर्गत फिदिम –४ र हिलिहाङ –७ को सङ्गममा पर्ने हेवाखोला दोभानमा निर्मित बेलिब्रिज उद्घाटन भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् ।
नेपालगञ्जको आदर्शनगरमा निर्माणाधीन लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ खुल्दैछ । त्यसको निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।