बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले क्षेत्रीय विकास र समृद्धिका लागि आपसी सहयोग र सहकार्यको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्। थाइल्यान्डमा सम्पन्न बिम्स्टेकका विदेशमन्त्रीस्तरीय ‘रिट्रिट’ बैठकमा आपसी सहयोग सुदृढ पार्ने उपायबारे गम्भीर छलफल भएको छ।
पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर सोमबारदेखि लागु हुने गरी घटाइसकेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन प्रक्रियामा रहेको जानकारी दिनुभयो।
वैदेशिक शिक्षाका लागि एक लाख नौ हजार ८३६ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यतिका एनओसी जारी भएको हो । यो सङ्ख्या हालसम्मकै धेरै हो । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत आर्थिक वर्षमा उच्च शिक्षाका लागि ७१ वटा मुलुकमा नेपाली विद्यार्थीले एनओसी लिएका थिए । गत वर्ष एनओसीका लागि निवेदन दिएकामध्ये १२ हजार १७५ वटा निवेदन रद्द भएका थिए ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ ।
गृह मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ ।
सुनसरीको राजावसस्थित सप्तकोसी नदीको स्पर (नोज) माथि स्थानीय युवतीहरुबिच भएको सामूहिक कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी चारजना फरार छन् । उनीहरूबिच एकको कुरा अर्काले खोलिएको विषयमा मुक्का हानाहान भएको थियो ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन बमोजिम लेखापरीक्षण प्रतिवेदन पेश एवम् समयभित्र सार्वजनिक नगरेका विभिन्न राजनीतिक दललाई जरिवाना तोकेको छ ।
कर्णाली करिडोरको जाजरकोट सडक खण्डमा मालवाहक ट्क दुर्घटना भएको छ । कर्णाली करिडोर अन्तर्गत पर्ने पचालझरना गाउँपालिका –६ को कट्टेखोलामा सो ट्रक आज दुर्घटनामा परेको हो ।
काठमाडौँ महानगरपालिका भित्रका व्यावसायिक भवनहरू निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा विभिन्न अभियोगमा ७६० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मबाट विशिष्ट व्यक्तित्वप्रति घृणा र द्वेष फैलाउने एक जना पक्राउ परेका छन् । रुपन्देही देवदह नगरपालिका –८ का ४९ वर्षीय शेरबहादुर रानालाई प्रहरीले आज पक्राउ गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय तथा जैविक विविधताको संरक्षण गर्न हरित ऊर्जाको स्रोतका रूपमा जलविद्युत् विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आइतबार पनि जारी रह्यो । बैठकमा सचिवालयका सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको सो दलका नेताहरूले जनाएका छन् ।
साउन महिनाको सोमबार सुरु भएसँगै सर्लाहीका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार जिल्लाभरिका शिव मन्दिरमा दिनभर दर्शनार्थीको घुइँचो लागेको छ ।
पोखरा महानगरपालिकाको वडा ५ र ८ जोड्ने फिर्केखोलाको पुल भासिएको छ । गएराति परेको अविरल वर्षाका कारण पोखराको पस्र्याङ र बगालेटोल जोड्ने प्रमुख पुल भासिदा सवारीसाधन आवागमनमा समस्या भएको छ ।