अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसँगिनी सीता दाहालको निधन भएको आज सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
सम्माननीय प्रधानमन्त्रीकी धर्मपत्नी स्व. सीता दाहालको श्रद्धाञ्जलि कार्यक्रम
थानकाेटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य(बेलायत)का स्वास्थ्य राज्यमन्त्री विल क्विन्सबीच सोमबार लन्डनस्थित स्वास्थ्य मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो ।
इलामको सूर्योदय नगरपालिका –४ मा रोकिराखेको पिकप ट्रकले किचेर २० महिने शिशुको ज्यान गएको छ । सूर्योदय– ४ श्रीअन्तु, बाघ पाइलेका धिरज रिजालका छोरा रियन रिजालको ज्यान गएको हो ।
पाटन दरबार क्षेत्रको पूर्वतिर स्थित नरनारायण मन्दिरको पुनःनिर्माण सुरुआत गरिएको छ । अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलापत्रको अनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ ।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन् ।
पार्किङ गरेबापत जथाभाबी शुल्क लिने गरेपछि काठमाडौँ महानगरपालिकाले शुल्क नलिन निर्देशन गरेको छ । काठमाडौँ महानगरपालिका भित्रका व्यावसायिक भवनहरू (निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स) अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने जनाएको छ ।
एक व्यक्ति आफ्नो कामको सिलसिलामा एउटा सरकारी कार्यालय पुग्छन् । कार्यालयको सोधपुछ फाँटमा गएर आफ्नो कामका बारेमा जानकारी गराउँछन् । कार्यालयमा सहजकर्ताको रूपमा बसेका कर्मचारीले उसलाई एउटा निवेदन लेख्नु अनि ऊ त्यो पल्लो कोठामा हाकिम साहेबलाई तोक लगाउनु अनि सँगैको कोठामा जानुस् तपाईंको काम हुन्छ भनेर सिकाइदिन्छन् । ती कर्मचारीले भनेजसरी ती व्यक्ति निवेदन लेख्छन् र हाकिमको कोठामा पस्छन् । पसेको कोठामा दुई वटा टेबुल राखिएको हुन्छ । एउटा टेबुलमा साधारण पोसाकमा एउटी महिला कम्प्युटरमा काम गरिरहेकी हुन्छिन् अर्को टेबुलमा कुर्सी खाली अवस्थामा हु
हाल देशभर सामान्यदेखि पूर्ण बदली भएकाे छ । साथै गण्डकी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तनहुँमा विभिन्न कार्यालय र स्थानीय तहमा विकास निर्माणका लागि विभिन्न शीर्षकमा आएको दुई अर्ब ११ करोड ११ लाख भन्दा बढी बजेट खर्च हुन नसकेर फिर्ता (फ्रिज) भएको छ । आर्थिक वर्ष २०७९-८० का लागि जिल्लामा आएको पुँजीगत बजेटमा काम हुन नसकेपछि उक्त रकम फिर्ता (फ्रिज) भएको हो ।