प्युठानको सरुमारानी गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कुल बस सञ्चालनमा ल्याएको छ ।
नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ। मंगलबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो।
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपानेले हरुवाचरुवाले दासत्व जीवनबाट मुक्ति पाएपछि आफूलाई रूपान्तरण गरेर आर्थिक सबलीकरणका लागि उद्योगधन्दा र कृषि कर्ममा लाग्नुपर्ने बताउनुभएको छ।
गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ ।
मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त हुनुभएको छ । नेपाल भलिबल सङ्घको सोमबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई नयाँ कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका उपसभापति एवम् सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धनमा जोडिएका दललाई विश्वासमा लिएर जानसक्ने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो।
कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।
राष्ट्रियस्तरको दुई दिने अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बीपी प्रतिष्ठानको टिम विजयी भएको छ। त्यसैगरी नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस काठमाडौं दोस्रो र नोबेल मेडिकल कलेज विराटनगरले तेस्रो स्थान हासिल गरेको छ।
मलमाससँगै महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. ४ खुट्टा पिपराढीको गेरुकामा मङ्गलबार शाही स्नान गरिएको छ । आइतबारदेखि सुरु भएको मलमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर जानकी मन्दिरको महन्थको अगुवाइमा विशेष पूजासहित शाही स्नान गरिएको हो ।
जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक च्याम्पियनसिप–२०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीको बिदाइ गरिएको छ । टोलीलाई मङ्गलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिदाइ गर्नुभयो ।
मैवाखोला गाउँपालिकाले पहिरो प्रभावित परिवारलाई राख्नका लागि निर्माण गर्न लागिएको अस्थायी टहराको ‘ड्रइङ डिजाइन’ तयार पारेको छ। पहिरोको जोखिममा रहेको ओदक बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि निर्माण गर्न लागिएको अस्थायी टहरा (आवास घर) ड्रइङ डिजाइन तयार पारिएको हो।
गुजरात उच्च न्यायालयको आदेशविरुद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्गलबार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेङ्गु क्लिनिक सञ्चालनमा ल्याएको छ । डेङ्गु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणलाई सहजरुपमा उपचार दिने उद्देश्यले प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा गत शुक्रबारबाट प्रतिष्ठानको जी.ओ.पी.डी.भवन अगाडी छुट्टै डेङ्गु क्लिनिक सञ्चालन गरेको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ।