स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार ६८ जिल्लाबाट दुई हजार ९३० जनामा डेङ्गु पुष्टि भएको छ ।
सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना राजदूतको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ ।
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालाई जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले एक सय ५८ रनको सहज लक्ष्य दिएको छ ।
काठमाडौं, साउन ३ गते । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा रहेको समाजसेवी भद्राकुमारी घलेको निवास भत्काएको छ । सो निवासको नाम भद्रा कुमारी घले सदन राखिएको थियो । महानगरको टोलीले धोबीखोला किनारतर्फ रहेको भवनको पर्खाल डोजरद्वारा भत्काएको हो । अनधिकृत रुपमा सरकारी जमिनमा बनाइएकाले सो भवन भत्काइएको महानगरको टोलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले आव २०७९-०८० मा १८ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ ।
यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजबाट साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
आन्तरिक राजस्व कार्यालय जुम्ला र उद्योग उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले संयुक्त रुपमा स्थानीय तहका बजारमा अनुगमनसँगै कर शिक्षा दिन सुरु गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठकमा उहाँले विद्यालय शिक्षा (सङ्घीय) ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको उल्लेख जानकारी दिनुभयो ।
बुधबार सुनको मूल्य वृद्धि भएको छ । आज तोलामा छ सय रुपियाँले बढेर एक लाख १३ हजार एक सय रुपियाँ कायम भएको हो ।
अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधी भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ मजदुरको मृत्यु हुनका साथै चार जना बेपत्ता भएका छन् ।
पूर्वी नवलपरासीको हुप्सेकोट प्राविधिक शिक्षालयमा बाली विज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र पशु विज्ञान(डिप्लोमा इन एनिमल साइन्स)का तीन वर्षे कक्षाहरु सञ्चालनमा आएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताउनुभएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ ।
संघीय, प्रदेश र बेनी नगरपालिकाको संयुक्त लगानीमा बसपार्कमा भौतिक पूर्वाधार निर्माण भएसँगै मुस्ताङको प्रवेश द्वारका रुपमा रहेको बसपार्क व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको हो ।