जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक वर्षको अवधिमा चार हजार जनालाई नागरिकता वितरण गरेको छ । प्रशासन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ११ जनालाई अंगीकृतसहित तीन हजार आठ सय ७६ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेको हो ।
पछिल्लो समय सदरमुकाम दुनैमा दुधको अभाव हुन थालेपछि पशुसेवा कार्यालय डोल्पाले व्यावसायिक कृषकलाई समूहमार्फत् लाहुरे (ब्याएको)भैँसी खरिद गरेर वितरण गरेको छ ।
गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रत्न मन्दिर दरबार सर्वसाधारणका लागि खुला गरियो । दरबार परिसर र केही स्थान खुला गरिए पनि दरबारको भित्री भाग भने अझै बन्द छ । आन्तरिक पर्यटकले सबै कक्षको अवलोकन गर्न पाउनुपर्ने माग गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिएको बताउनुभएको छ। बुधबार नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरसँगको शिष्टाचार भेटवार्तामा उहाँले यस्तो बताउनुभएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो ।
नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । एमाले नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली साउन १ गतेदेखि ८ गतेसम्म कम्बोडिया भ्रमणमा रहनुभएकाले पोखरेललाई कार्यबाहकको जिम्मेवारी दिनुभएको हो ।
नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने धारणा राख्नुभएको छ।
व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।
भेरी नगरपालिका –२ तिमिलेमा पुल नहुँदा बालबालिकालाई विद्यालय जान साँघु तर्नुपर्ने बाध्यताले कठिन भइरहेको छ ।
कपिलवस्तुका बगैँचामा आँप महँगो मूल्यमा बिक्री हुन लागेको छ । अघिल्लो सातासम्म ६० रुपियाँ किलोग्राममा पाइने गरेको आँपको थोक मूल्य अहिले प्रतिकिलो १ सयभन्दा बढी पुगेको छ ।
वि.सं. २०६६ मा कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी सम्राट् शेरचन प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गौमुखी गाउँपालिकाले ४० युपि (अण्डर प्रुफ) भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन १ गतेदेखि त्यस्ता मदिरा पालिकाभित्र विक्री वितरणमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय कोदोको रक्सीलाई ब्राण्ड बनाउने जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताउनुभएको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामी देखापर्न थालेपछि नगर अस्पतालले डेङ्गु परीक्षण निःशुल्क गर्ने भएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन सकेको छैन ।