कानुनद्वारा परिभाषित बैङ्किङ कसुर १. बैङ्किङ कसुर भन्नाले के बुझ्नुहुन्छ ? नेपालको प्रचलित कानुनद्वारा परिभाषित प्रमुख बैङ्किङ कसुरहरू उल्लेख गर्नुहोस्। बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुने गैरकानुनी कार्यलाई बैङ्किङ कसुर भनिन्छ। यस्ता गैरकानुनी कार्यबाट व्यक्ति, सङ्गठन र सिङ्गो वित्तीय प्रणालीलाई नोक्सानी पुग्ने भएकाले कानुनबाट कसुर परिभाषित गरी सजायको व्यवस्था गरिएको पाइन्छ। नेपालको प्रचलित कानुनले बैङ्किङ कसुरजन्य मुद्दालाई नेपाल सरकारवादी हुने फौजदारी मुद्दाका रूपमा स्वीकार गरेको छ।
सरकारले दुई वर्षका लागि कालीमाटी र बालाजु तरकारी बजारका पसलहरूको दुईवर्षे नवीकरण गर्ने निर्णय गरेसँगै कृषि अभियन्ताले विरोध गरेका छन् । कृषि अभियन्ताले कालीमाटी र बालाजु तरकारी बजारका पसल पुनः भाडामा लगाउने विवादास्पद सम्झौता खारेजीको माग गर्दै विरोध गरेका हुन् । कालीमाटी बजार समिति बोर्डले कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालको सहमतिमा गएको मङ्गलबार दुई वर्षका लागि पुनः सम्झौताको नवीकरण गर्ने निर्णय गरेको थियो । कृषि अभियन्ताले प्रतिस्पर्धाबाट किसान, कृषि सहकारी र कृषि व्यवसायीलाई भाडामा लगाउनुपर्ने पसल सरकारले कानुनी व्यवस्थाविपरीत पुरानै व्यवसायीलाई दिएको भन्दै विरोध गर्दै आएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको हो । भर्खर मात्र भारतसँग दश हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको निधनको शोकमा सबैको साथ र सद्भावले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शोकको यो घडीमा यहाँहरूको साथ, समवेदना र सद्भावले हामीलाई पीडाबाट निस्कन मात्र मद्दत गरेको छैन, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस पनि गराएको छ ।”
भेरी–१ मा लगानी गर्न गेजुवा तयार रहेको छ । कर्णाली प्रदेशमा २७० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । जाजरकोट र रुकुमको सिमानामा प्रस्तावित अर्धजलाशययुक्त भेरी–१ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ निर्माण कम्पनी गेजुवा ग्रुपले उत्पादन अनुमति मागेको हो । उक्त कम्पनीले यसअघि आयोजनाको अध्ययन गरिसकेको छ । २०७५ साल जेठ १५ गते विद्युत् विकास विभागबाट गेजुवा ग्रुप पावर इन्भेस्टमेन्ट प्रालिले सर्भे अनुमति पाएको थियो । पाँच वर्ष लगाएर जलविद्युत् आयोजना निर्माणका लागि अध्ययनको काम सम्पन्न भइसकेको छ । अध्ययनले २७० मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको छ ।
वडा कार्यालयमा छाडेको नागरिकताको दुरुपयोग गर्दै वडाध्यक्षले नक्कली छोरीको नागरिकता बनाउन सिफारिस गरेको पाइएको छ। काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिका–१ का दम्पतीले आफूहरू बुवाआमा भनेर उल्लेख गरी जारी भएको नागरिकताको खारेजी माग राख्दै जिल्ला प्रशासन कार्यालय काभ्रेमा जाहेरी दिएका छन्। वंशजकै आधारमा आफ्नो हुँदै नभएको छोरीको नाममा नागरिकता बनेको सुनेपछि उनीहरू सहयोग खोज्दै प्रशासनमा आइपुगेका हुन्।
सरकारले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूमा ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा ल्याएको छ । यससँगै ग्राहकलाई लिन मन नलागेको विदेशी च्यानललाई पनि शुल्क तिर्नुपर्ने बाध्यात्मक व्यवस्था अन्त्य भएको छ । आला कार्ट प्रणालीमा विदेशी वा स्वदेशी जुन च्यानल आफूलाई हेर्न मन लाग्छ त्यसैको मात्रै पैसा तिर्नुपर्ने सुविधा हुन्छ । सरकारले लामो समयदेखि आला कार्ट प्रणाली कार्यान्वयन ल्याउन खोजेको थियो तर खास गरी भारतीय च्यानलका सम्बन्धमा वितरकबाट असहयोग हुँदा कार्यान्वयनमा आउन सकेको थिएन । सरकारको अडानका कारण सोमबारदेखि भने पूर्ण रूपमा कार्यान्वयनमा आएको हो ।
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ। आयोजनाका इन्जिनियर रमेश कोइरालाले मुलुकका अन्य आयोजनाका तुलनामा यस सुरुङ मार्गको काम तीव्र गतिमा भइरहेको बताउँदै मुख्य र सहायक सुरुङ खन्ने काम क्रमशः असोज र साउनभित्र सम्पन्न हुने जानकारी दिनुभयो। उहाँका अनुसार आयोजनाको समग्र भौतिक र आर्थिक प्रगति क्रमशः ७५ र ६१ प्रतिशत छ।
गण्डकी प्रदेशका तीन जिल्लामा ट्राफिक नियम उङ्लघन गरेबापत तिर्नुपर्ने जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरिएको छ।कास्की, तनहुँ र नवलपुर जिल्लामा बैंकबाट भुक्तानी सुरु गरिएको हो।
कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर आज एक किशोरको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका–६ तिल्काका १७ वर्षीय योगेश विष्टको मृत्यु भएको हो।
काठमाडौं जिल्ला अदालतले ‘भेप’ को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ।
स्थानीय बजार प्रवर्द्धन गर्न भन्सार कार्यालयले विराटनगरको रानीस्थित सीमा क्षेत्रमा कडाइ गरेको छ ।
अध्यक्ष पदमा सापकोटाले एक हजार ११२ मत ल्याउनुभयो । पराजित तीर्थराज धमलाले ९४८ मत प्राप्त गर्नुभयो । कार्यसमितिमा महत्वपूर्ण पदसहित १६ जना महिला निर्वाचित भएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भातरबीच भएको सम्झौता अनुसार संयुक्त विद्युतीय भुक्तानी कार्यान्वयन छिटो अगाडि बढाउन संयन्त्र स्थापनाको काम अगाडि बढ्ने बताउनुभएको छ।
समूहमा लगातार दुई हार खेपेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालका लागि बुधबार युएईसँगको खेल केवल प्रतिष्ठाको लडाईं हुनेछ ।