त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्नु हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए ।
साइकल यात्राको हुटहुटी दस वर्षको हुँदा नै भद्रपुर (झापा), राजविराज, सिक्किम, दार्जिलिङ, कालिम्पोङ, गुवाहाटी, सिलिगुडी, काँकडभित्ता, धुलाबारी, बिर्तामोड, विराटनगर आदि ठाउँहरू घुमेको सम्झना छ । आज लगभग ६० वर्ष हाराहारी उमेरको हुँदा पनि त्यस्तै घुम्न जाने कुरामा मन रमाउँछ तर साइकलमा । जे होस् यो उमेरमा यसरी घुम्ने रहर जागेकोमा अनि जोश र बलले अनि खल्तीले पनि साथ दिएकोमा म आफैँ खुसी हुन्छु । कतिपय मेरो उमेरका मानिस अलिकति हिँड्नुपरे खुइय्य गर्ने, बुढो भइयो अब हिँड्न सकिन्न भनिरहेका भेटिन्छन् । मलाई भने साइकलमा हेलम्बु जाने रहर पो जाग्यो त ! यसअघि साइकलमा नै बाग्लुङ, फाप्लु, हेटौँडा, नुवाकोट र धरान घुमिसकेको हुँदा हेलम्बुलाई अर्को गन्तव्य छान्ने आँट आएको थियो ।
नेपाली निबन्धको साढे दुई सय वर्षको परम्परामा साहित्यका अन्य विधा जस्तो आत्मपरक निबन्धको इतिहास भने त्यति लामो रहेको देखिँदैन । त्यसमा पनि आत्मपरक निबन्धमा भने स्रष्टाहरूको उपस्थिति कमै देखिएको छ भने अर्कातर्फ आत्मपरक निबन्ध लेख्नु चुनौतीपूर्ण काम पनि हो । आत्मपरक निबन्ध भनेको आफूले आफैँलाई पढ्नु हो । यसभित्र निजात्म
दैनिक रूपमा १ हजारभन्दा बढी बिरामीहरू जाँचका लागि आउने सरकारी दमक अस्पतालमा आवश्यकता अनुसार पङ्खा समेत जडान हुन नसक्दा बिरामीहरूले हैरानी बेहोर्नु परेको छ । दमक नगरपालिका मातहत रहेको अस्पतालको नयाँ भवनबाट सेवा सुरु गरेको छ महिना बित्दा पनि जाँचका लागि आउने बिरामीहरूका लागि आवश्यकता अनुसार फेनको समेत व्यवस्था नभएपछि हैरानी बेहोर्नु परेको हो ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभरिका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले पालिकाभरका सुत्केरी महिलालाई घरघर पुगेर पोषणयुक्त खानेकुरा वितरण गरेको हो ।
कैलारी गाउँपालिका–८ की आस्मा चौधरीलाई महिनावारी भएको कुरा अरूलाई सुनाउन लाज लाग्ने गर्दथ्यो। पर सरेको कुरा सकेसम्म कसैले थाहा नपाओस् भन्ने उहाँको चाहना हुन्थ्यो। त्यतिखेर उहाँलाई स्वास्थ्य सरसफाइ कसरी गर्ने भन्ने कुराको पनि राम्रो ज्ञान थिएन। घर परिवार वा साथीभाइसँग महिनावारी भएको कुरा गर्दा केही भन्छन् कि भन्ने चिन्ता त थियो नै, कुरा गर्न पनि लाज लाग्ने गथ्र्यो आस्मालाई। तर अहिले महिनावारी भएको कुरा घर परिवार र साथीभाइलाई नलजाई ढुक्कले सुनाउने गर्नुहुन्छ। महिनावारी भएको समयमा पीडासमेत लुकाउन खोज्ने आस्मा यति बेला भने महिनावारीलगायत यौन र प्रजननको कुरा खुलेर सुनाउने गर्छन्। उनमा यतिसम्मको चेतना तथा परिवर्तन भने त्यसै आएको होइन। किशोरकिशोरीलाई लक्षित गरेर कैलारी–८ मा सञ्चालन गरिएको ‘रूपान्तरण’ कक्षामा सहभागी भएपछि आस्मामा यस किसिमको चेतना र परिवर्तन आएको हो। आस्मा भन्नुहुन्छ, “कसैले केही नभन्दा पनि लाज लाग्ने र डर नै लाग्थ्यो।” आस्मा जस्तै ग्रामीण क्षेत्रका किशोरकिशोरी अहिले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा मात्रै गर्दैनन्, यसबारे सचेत पनि हुन थालेका छन्। रूपान्तरण कक्षामा सिकाइको स्वास्थ्य शिक्षा र प्रजननका विषयमा दिइएको प्रशिक्षणले किशोरकिशोरी पूर्ण रूपमा सचेत बन्न थालेका हुन्। यौन हिंसा, घरेलु हिंसा, बालश्रम, बालविवाह, बालअधिकार, नागरिक अधिकारलगायत विविध विषयमा जानकार हुन थालेका छन्। उमेरसँगै आइपर्ने शारीरिक तथा मानसिक चुनौती, शारीरिक परिवर्तनलगायत विभिन्न समस्याका बारेमा साथीसँगी, दौँतरी र घर परिवारसँग खुलस्त रूपमा कुरा राख्ने गरेको किशोरकिशोरीको भनाइ छ। आफूलाई परेको स्वास्थ्य तथा अन्य हिंसाजन्य समस्या विद्यालयका साथीभाइलाई सुनाउनुका साथै घरमा परिवारका सदस्यसँग पनि खुलेर राख्ने गरेको १६ वर्षीय किशोर सुमित चौधरीले बताउनुभयो।
ताप्लेजुङमा बर्सेनि आत्महत्याका घटना वृद्धि हुने क्रम रहेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार पछिल्लो चारयता आत्महत्याका घटना बर्सेनि बढ्दो क्रममा रहेको पाइएको हो ।
सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपत्तिका घटनामा परेर एक वर्षमा ८५ जनाको मृत्यु भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयस्थित प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाखदेखि २०८० असार मसान्तसम्म बाढी, पहिरो, चट्याङलगायत विपत्मा परेर सो सङ्ख्यामा मृत्यु भएको हो। मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला रहेका छन्। त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएका जनाइएको छ। पहिरोमा परेर २८, चट्याङ लागेर १४ जनाले ज्यान गुमाएका छन्।
हुम्ला आएको आर्थिक वर्ष ०७९÷०८० मा ८० प्रतिशत बजेट खर्च भएको छ । जिल्लाका सात वटै गाउँपालिकाले असार मसान्तसम्म गरेको खर्चको विवरण सो प्रतिशत हो ।
तनहुँका छवटा गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका भौगोलिक रूपमा सबैभन्दा ठूलो स्थानीय तह हो। स्थानीय तहको निर्वाचन–२०७९ मा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको हो। उहाँको यो दोस्रो कार्यकाल हो। ‘ऋषिङ समृद्धिको आधार, कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ गाउँपालिका विकास निर्माणमा अघि बढिरहेको छ। अध्यक्ष श्रेष्ठसँग गोरखापत्रकर्मी अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
सिजी सिमेन्ट कम्पनीभित्र वारपार गर्न बनाइएको चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन् । बुधवार बेलुकी पाल्पाको रैनदेवी छहरा–२, सर्देवास्थित सिजी सिमेन्ट कम्पनीमा इँटा वारपार गर्न बनाइएको चेन चुँड्दा खसेर १३ जना कामदार घाइते भएका हुन् ।