लामो समय बाढीको जोखिम, यातायातबाट विच्छेद भएका र अन्य समस्या झेलेका मनाङीहरू आकाश गर्जंदा अहिले पनि झस्किने गरेका छन्। पानी पर्न थालेपछि उनीहरू झस्किनुपर्ने अवस्था आएको हो। दुई वर्षअघि ठूलो वर्षासँगै आएको बाढीपहिरोका कारण दुई महिना सडक सञ्जालबाट विच्छेद रहनुपरेको थियो। सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत्को अभाव भोगेका थिए। नासो गाउँपालिका–५, धारापानीका स्थानीय कृष्ण गुरुङ जसले गर्दा अहिले पनि ठूलो वर्षा हुनासाथ सिरिङ्ग हुने गरेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “अलि ठुलो पानी परेपछि मन झसङ्ग हुन्छ, फेरि पनि ठुलो पानी प-यो भने अभाव र घरबासविहीन हुनुपर्छ कि भनेर पिर लाग्छ।”
प्रसिद्ध शक्तिपीठका रूपमा मानिने पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकामा अवस्थित भैरवनाथ (भैरवस्थान) मन्दिरमा एक लाख पैँसट्ठी हजार ४१ जना पर्यटक भित्रिएका छन्। यो मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार आन्तरिक पर्यटक र बाह्य पर्यटक गरी अवलोकन र दर्शन गर्नेको सङ्ख्यामा वृद्धि भएको हो। यहाँ दैनिक सयौँ दर्शनार्थीको भिड लाग्ने गरेको व्यवस्थापन समितिले जनाएको छ। मन्दिर व्यवस्थापक मीनबहादुर बुढाथोकीले भन्नुभयो, “पहिला आफ्नो मनोकाङ्क्षा पूरा होस् भनेर र मनोकामना पूरा भएपछि रोट, बलि, पञ्चबलि चढाउने गरिन्छ। यसरी भक्तजन आउँदा छ जना पुजारीलाई भ्याइनभ्याइ हुने गर्छ।” धार्मिक आस्था बोकेको भैरव मन्दिर दर्शनका लागि र भाकलका लागि नेपालका अधिकांश जिल्लाबाट दर्शनार्थी आउने गर्दछन् भने भारतबाट समेत दर्शनार्थी आउने गरेको भैरवस्थान व्यवस्थापन समितिको तथ्याङ्कमा छ। दर्शनार्थीको सुविधाका लागि रोट पकाउने, बलिका लागि बोका, कुखुरासमेत व्यवस्था गरिन्छ। प्रसिद्ध कोटका रूपमा पूजा गरिने भैरवस्थान मन्दिर धार्मिक पर्यटक गन्तव्यका रूपमा विकास भएको छ। भैरव मन्दिर पाल्पाली सेनवंशीय अन्तिम राजा मणिमुकुन्द सेनले स्थापना गरेका हुन्। बुढाथोकीका अनुसार अरू बेलाभन्दा दसैँमा भैरवस्थानमा बढी भिड लाग्ने गरेको छ। योबाहेक पनि वैशाख र मङ्सिर महिनामा दर्शानार्थीको भिड लाग्छ। मन्दिरमा एक माना र एक पाथी पिठोको रोट पकाउन लगाएर चढाउने गरिन्छ।
सीमावर्ती भारतीय बजारमा भारतीय नोटको कारोबार बन्द भएको छ । यसले मधेश प्रदेशका जिल्लास्थित हाटबजार, पर्यटन र होटल व्यवसाय प्रभावित भएको छ । यो प्रदेशका सीमावर्ती हाटबजार, पर्यटन र होटल व्यवसाय भारतीय पर्यटकमा निर्भर छ । भारु नचल्ने अवस्थाकै कारण सीमावर्ती बजारको खरिद बिक्रीमा पनि प्रभाव परेको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।
सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्दै एक युवक सुदूरपूर्वी जिल्ला झापा आइपुग्नुभएको छ । देशभर पैदल यात्रामा निस्कनुभएका कैलाली गौरीगङ्गा नगरपालिका–४, खुरखुरियाका देवराज उपाध्याय पैदल यात्रा गरेर बुधबार झापा आइपुग्नुभएको हो । पैदल हिँडेरै नेपाल घुम्ने लक्ष्यका साथ यात्रा सुरु गर्नुभएको १२६ दिनमा ३८ वर्षीय उपाध्याय झापा आइपुग्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस खारिएको पार्टी भएकाले आफूभित्र भएको कमीकमजोरी आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनमा बुधबार बोल्दै उहाँले पार्टीमा समन्वय, सम्पर्क र सञ्चारलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले पार्टीलाई कार्यकर्ताले जोगाएको हुँदा कार्यकर्ताभन्दा नेता कहिल्यै ठुलो हुन नसक्ने बताउनुभयो । गुटबन्दीभन्दा माथि उठेर पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
डक सञ्जाललाई बलियो बनाउने योजना ल्याएको हरिनगर गाउँपालिकाले गएको वर्षमा ४५ किलोमिटर सडक कालोपत्रे गरेको छ। सीमावर्ती भारतीय बजार र सदरमुकाम इनरुवासँग तथा छिमेकी गाउँपालिकासँग सडक सञ्जाल जोड्ने योजनास्वरूप ४५ किलोमिटर सडक कालोपत्रे गरिएको हो।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
भारतबाट हुने आयात घट्दा भैरहवा भन्सारको राजस्व खुम्चिएको छ । भैरहवा भन्सारले आर्थिक वर्ष २०७९/८० मा विभागले दिएको लक्ष्यको आधा पनि पूरा गर्न सकेन । यो मुलुककै दोस्रो ठुलो भन्सार नाका हो । एक खर्ब ५५ अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा ७७ अर्ब रुपियाँ मात्र राजस्व असुली भएको हो । अघिल्लो वर्षको तुलनामा पनि यो ज्यादै कम हो । आर्थिक मन्दीका कारण कम आयात हुनु र सरकारको
झापाका ठुला सहकारी संस्थामध्येमा पर्ने नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सदस्यको खाताबाट कल्याणकारी कोषका लागि भन्दै सदस्यको अनुमतिबेगर झिकेको चार करोडभन्दा बढी रकम सदस्यकै खातामा फिर्ता गरिदिएको छ । करिब ६० हजार सदस्यको खाताको रकम सात सयका दरले सहकारीले झिकेर सहकारीको कोषमा दाखिला गरेको थियो ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाका बालबालिकामा कुपोषणको समस्या देखिएको छ। सो गाउँपालिकाको स्वास्थ्य शाखाले पहिलो पटक गरेको बालबालिकाको पोषण अवस्था लेखाजोखा अध्ययनबाट १९ प्रतिशत बालबालिकामा कुपोषण रहेको पाइएको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक विजयकुमार कापरीले स्वास्थ्यकर्मीसहितको टोलीले नौ वटै वडाका टोल र बस्तीमा पुगेर एक हजार ६०४ जना बालबालिकाको पोषण अवस्था जाँच गर्दा तीन सय जना अर्थात् करिब १९ प्रतिशत बालबालिकामा कुपोषणको जटिल समस्या रहेको पाइएको जानकारी दिनुभयो।
लोकतान्त्रिक व्यवस्था नागरिकप्रति पूर्ण उत्तरदायी राजनीतिक प्रणाली हो। नागरिकलाई सङ्गठित हुने स्वतन्त्रता लोकतान्त्रिक प्रणालीमा मात्र सम्भव हुन्छ। नागरिकप्रति उत्तरदायी हुँदै सङ्गठित राजनीतिक दलहरू नै लोकतन्त्रका प्रमुख अभ्यासकर्ता हुन्। आवधिक निर्वाचनका माध्यमबाट जनमत आत्मसात् गरी शासन व्यवस्था सञ्चालन गर्ने राजनीतिक दलहरू स्वयंमा उत्तरदायी, पारदर्शी र नागरिकमैत्री हुनु आवश्यक छ। पारदर्शिता लोकतन्त्रको आधारसमेत हो। त्यसले नागरिकमा राजनीतिक दलका गतिविधि अवलोकन, मूल्याङ्कनदेखि सहभागितासम्मका प्रक्रियामा स्पष्टता ल्याउँछ। समकालीन नेपालमा राजनीतिक दलहरूप्रति अने
समृद्ध मुलुक निर्माणको अभियान राज्यको पहिलो प्राथमिकता हो। विकास निर्माणको मेरुदण्डका रूपमा रहेको प्राविधिक जनशक्ति इन्जिनियरको सङ्ख्या, अवस्था, मनोबल, योगदान र भविष्य कस्तो छ भन्ने विषय पनि आफैँमा महत्वपूर्ण हो। छाता सङ्गठनको रूपमा रहेको पेसागत सङ्गठन इन्जिनियर्स एसोसियसन र नियमनकारी निकायका रूपमा रहेको नेपाल इन्जिनियरिङ परिषद्लाई आमइन्जिनियरले आफ्नो मातृसंस्था र अभिभावकको रूपमा लिएका छन्। विश्वको कुनै पनि कुनाबाट दीक्षित भएको भए पनि नेपालमा पेसागत रूपमा संलग्न परिषद्मा विधिवत् दर्ता हुनुपर्ने कानुनी प्रावधान छ। पेसागत रूपमा कार्यसम्पादन ग
आजको राष्ट्रिय स्वार्थ नेपालको विकास हो। विकासको अपरिहार्य तत्व भनेकै युवा जनशक्ति हो। त्यसो त पैसाबिना विकासको अर्थ हुन्न। देशमा सक्रिय जनशक्ति भएन भने विकास ठप्प हुन्छ । हामीले लोकतन्त्र ल्याउनुभन्दा पहिला पञ्चायती राजनीतिक व्यवस्था बेहो-यौँ। राजनीतिक रूपमा निरङ्कुश भए पनि त्यो समाज आफ्नो लयमा जीवित थियो। गाउँघर रमाइलो थियो किनकि गाउँघर युवाले भरिपूर्ण हुन्थ्यो। अहिलेको नेपाली समाज हिजोको तुलनामा उन्नत स्तरमा विकसित भए
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, स्थित गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा निर्माण गरिएको भूकम्प स्मृति उद्यान । भुकम्प ज्यान गुमाएकाहरुको नामावाली प्राप्त हुन नसक्दा स्मृति उद्यान निर्माण सम्पन्न हुन सकेको छैन ।