नेपाल फिफा वरीयतामा यथास्थानमा रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ७५औँ स्थानमा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ।
नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा साउन ६ गते सुनसरी आउनुहुने भएको छ । सभापति देउवाको प्रमुख आतिथ्यतामा कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुन लागेको हो ।
तस्करीको सुनसँगै क्याथे प्यासेफिकको विमानबाट आएका बाँकी प्याकेजमा सुन हुन सक्ने आशङ्कासहित राजस्व अनुसन्धान विभागले विमानस्थलमा पुनः अनुसन्धान गरेको थियो। ती प्याकेटमा सुन भने फेला नपरेको विभागले जनाएको छ।
राष्ट्रिय सभाका सांसद वामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्या घटाउने कुरा सेनाको अपमान बाहेक केही हुन नसक्ने तर्क गर्नुभयो ।
आयोजक न्युजिल्यान्डले फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत न्युजिल्यान्डको इडेन पार्क स्टेडियममा बिहीबार दिउँसो भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गोलले हरायो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवर्द्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताउनुभएको छ।
सुनसरी र मोरङका किसानहरूले उत्पादन गरेको तरकारीको थोक बिक्री गर्ने उद्देश्यले चार वर्षअघि निर्माण गरिएको आधुनिक बिक्रीस्थल उद्देश्यअनुसार सञ्चालन नहुँदा साप्ताहिक हाट (हटिया) लाग्ने स्थलमा परिणत भएको छ ।
बढ्दो सवारी साधन र चालकको लापरबाहीले बाँकेमा सडक दुर्घटना बढ्दै गएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र जिल्लामा १२४ वटा सडक दुर्घटना हुँदा ६० जनाको मृत्यु र १२९ जना घाइते भएका थिए। दुर्घटनामा परेर १० वटा पशु चौपायाको मृत्यु भएको थियो।
नेपाल बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले पुन: निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको बुधबार अवेर पोखरामा सम्पन्न छैटौं साधारण सभाले अवालेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोग दायरा बढाउन आग्रह गर्नुभयो ।
हिमाली जिल्ला हुम्लामा जग्गाको मूल्य प्रतिवर्गमिटर दशदेखि ४० प्रतिशतसम्म वृद्धि भएको छ । स्थानीय र जग्गाधनीबाट जग्गाको मुल्यबृद्धि माग र जग्गा बेचबिखनका लागि चलनचल्तीको दर फरक परेपछि जिल्ला दररेट समितिले जग्गाको मुल्य बृद्धि गरेर साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो ।
स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको बर्दिबास नगरपालिकाले निःशुल्क रक्त सेवा सुरु गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पसिरमा अझै सुन रहेको आशङ्का गरिएको छ । परिसरमा अझै सुन रहेको आशङ्का रहेकाले राजश्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको जनाएको छ ।
दाङको गढवा गाउँपालिका–८ कोइलाबास डाँडा गाउँका महिलाहरू अहिले सङ्गठित रूपमा आयआर्जनमूलक तालिम सिक्न थालेका छन् । घरको कामकाज सकेर फुर्सदमा बस्ने गरेका महिलाहरू पछिल्लो समय आयआर्जनमूलक कार्यमा जोडिएका हुन् ।